इक्वेडरमा चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि अन्त्येष्टिको ठीकअघि ७६ वर्षीया सेवानिवृत्त नर्स बेला मोन्टोयाले बायाँ हात हल्लाएर आफू जीवित भएको जनाउ दिएकी थिइन्।
अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रको समुद्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातिका हजारौँ माछा मरेको बिचफ्रन्ट पार्कका अधिकारीहरूले बताएका छन्।
चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।
युनिभर्सिटी अफ टेक्सासले कुनै पनि व्यक्तिको मस्तिष्कमा चलिरहेको कुरा पढ्न सक्ने एआई मोडल बनाएको दाबी गरेको छ।
सिटी काउन्सिलले अनुमति दिएपछि क्विन्स बोरो ७५ स्ट्रिटको ब्रोड वे र उडसाइड सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण गरिएको छ।
पुरानोमध्येको एक मानिएको हिब्रु बाइबलको पाण्डुलिपि एक जना बैंकर तथा कला संग्रहकर्ताले बेचेकी हुन्। खरिदकर्ता रोमानियाका लागि अमेरिकाका पूर्वराजदूतले यो बाइबल तेल अभिभको संग्रहालयलाई राख्न दिनेछन्।
ईसापूर्व २५०० देखि नै मेसोपोटामिया र इजिप्टमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू रहेको अध्ययनकर्ताले बताएका छन्।
चिनियाँ सेनालाई कुकुरसँग तुलना गर्दै एक कमेडियनले 'स्टेन्डअप कमेडी' गरेपछि उनी सम्बद्ध कम्पनीलाई एक सरकारी निकायले २१ लाख डलर जरिबाना तिराएको छ।
माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) विधिबाट तीन व्यक्तिको डीएनए भएको शिशुको जन्म भएको हो। यसरी जन्मेको शिशुमा अधिकांश डीएनए आमाबुबाबाट र ०.१ प्रतिशत तेस्रो व्यक्तिबाट आएको बताइएको छ।
वैज्ञानिकहरूले पुतलीको एक नयाँ प्रजातिको नाम चलचित्र शृंखला लर्ड अफ द रिङ्सका खलपात्र साउरनबाट राखेका छन्।
ठूला आँखा र तीखा दाँत भएको माछा समुद्रमा करिब ३२२ किलोमिटरसम्म बगेर आएको बताइएको छ।
प्रागऐतिहासिक कलाकृति एक विशेष व्यक्तिको अनुवांशिकसँग मिलेको यो अहिलेसम्मकै पहिलो खोज भएको बताइएको छ।
सबैभन्दा धनी विश्वका १० खेलाडीको सूचीका आठ जनाले गत वर्ष मात्रै कूल १०० अर्बभन्दा बढी कमाएको फोर्ब्स पत्रिकाले जनाएको छ।
गोल्डेन रिट्रिभर प्रजातिको कुपर नामको कुकुर हराएको २७ दिनपछि पुरानो मालिक फोटोग्राफर निगेल फ्लेमिङकहाँ पुगेको छ।
पेले फाउन्डेसनले सञ्चालन गरेकाे अभियानले एक लाख २५ हजार मानिसको हस्ताक्षर संकलन गरेपछि शब्दकोशमा समावेश गर्ने निर्णय भएको हो।
प्याच नामक कुकुरले आइओवा राज्यको ड्रेक विश्वविद्यालयमा सम्पन्न ‘ब्युटीफुल बुलडग कन्टेस्ट’मा उपाधि जितेको छ।
खेलौनाले हरेक बालबालिकाको प्रतिनिधित्व गराेस् भन्ने प्रयासस्वरूप ‘डाउन सिन्ड्रम’ बार्बी डल बजारमा ल्याएको कम्पनीले जनाएको छ।
संसारका अर्बपतिमध्ये अधिकांश अमेरिका र चीनमा बस्ने गरेको पाइएको छ।
स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ।
स्पेनकी ५० वर्षीया बियाट्रिज फ्लामिनी ७० मिटर गहिरो गुफाभित्र व्यायाम गर्ने, चित्र बनाउने, टोपीहरू बुन्ने गरेर समय बिताएको बताइन्।