AnonymousUser

Logout

साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

साउदीका तत्कालीन शेख अब्दुलअजीजले सन् १९५१ मा राजकुमारले रक्सी पिएर एक बेलायती कूटनीतिज्ञको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

परिवारका सदस्यप्रति थिएन भरोसा, आफैँले गरे आफ्नो मृत्यु संस्कार

उनको परिवारका सदस्यहरू पनि मृत्यु भोजमा सहभागी थिए।

उमेर ११२ वर्ष, सात पटक बिहे, फेरि नयाँ जीवनसाथीको चाहना

सात पटक बिहे गरिसकेकी उनी फेरि विवाहको प्रस्ताव आयो भने अस्वीकार नगर्ने बताउँछिन्।

झरीपछि माटोबाट आउने गन्धलाई आफ्नो शब्दकोशमा समेट्दै विश्वविद्यालय

के तपाईंले सुक्खा माटोमा परेको झरीपछि आउने गन्ध महसुस गर्नुभएको छ? यदि छ भने त्यो गन्धलाई तपाईंकोतिर के भन्छन्? 

एक वर्षमा २४२ वटा म्याराथन दौडेका बेन

आफ्नो उक्त लक्ष्य प्राप्तिको लागि ३८ हजार अमेरिकी डलर खर्च भइसकेको बताएका छन्। अबको लक्ष्य के छ भन्ने प्रश्नमा उनी भन्छन्, 'अब मलाई जागिर चाहिएको छ।'

पेट्रोल नपाएपछि घोडामा चढेर ‘फुड डेलिभरी’

ट्रक ड्राइभरको हडतालका कारण कतिपय ठाउँमा पेट्रोल पम्पमा इन्धनको अभाव भएको छ। यसैबीच अनलाइन फुड डेलिभरी कम्पनी जोम्याटोका डेलिभरी ब्वाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बरफ जमेको नदीमाथि जहाज अवतरण भएपछि 

जहाजमा ३० यात्रु र चालकदलका ४ सदस्य थिए। तर कसैलाई पनि चोटपटक भने लागेन।

सेल्फीकलीलाई हात्ती सुन्दरीको उपाधि

चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो। 

दुर्लभ दुइटा पाठेघर भएकी महिलाले दुई दिनमा जन्माइन् दुई सन्तान्

दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ। त्यसैमाथि दुवै पाठेघरमा गर्भ बस्नुलाई झनै दुर्लभ मानिन्छ।

बागलुङमा फल्यो ९ किलोको काउली

बागलुङका पदम खत्रीको खत्री एग्रो फार्ममा करिब ९ किलोको एउटै काउली फलेको छ।

रेडियो पाउँदा दंग

भौगोलिक रूपमा विकट रहेको इलामको रोङ गाउँपालिकाले श्रव्य माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाएको छ।

कुलदेवता मानेर पुज्दै आएको ‘ढुंगा’ जब डाइनोसरको अण्डा भएको थाहा भयो

ती कुलदेवताले हरेक प्रतिकूल परिस्थितिमा रक्षा गर्ने जनविश्वास छ। तर वैज्ञानिकहरूले डाइनोसरका अण्डा बताएपछि त्यहाँका स्थानीय अन्योलमा छन्।

जो लंगुर बनेर मान्छेलाई मनोरञ्जन प्रदान गर्छन्, बन्यो डकुमेन्ट्री

कतिबेला मानिसको काँधमा चढेर जुम्रा टिपेको अभिनय गर्छन् त कतिबेला पर्खाल तथा रुखमा चढ्छन्।

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

१५औँ शताब्दीमा पर्वतेराज्य सञ्चालन गरेका राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।

माओत्सेतुङले हस्ताक्षर गरेको खानाको मेनु २ लाख ७५ हजार डलरमा बिक्री

मेनुमा माओ र प्रधानमन्त्री झोउ एनलाइ लगायत तत्कालीन ६ जना प्रभावशाली चिनियाँ नेताको हस्ताक्षर रहेको छ।

मरुभूमिको बीचमा वातानुकूलित छात्रा स्कुल, घुम्न पुग्छन् पर्यटक

भारतको राजस्थानस्थित जैसलमेर जिल्लामा पर्छ राजकुमारी रत्नावती छात्रा स्कुल। ५० डिग्री सेस्सियस तापक्रममा पनि यस विद्यालय भित्रको वातावरण चिसो भइरहन्छ।

भेटियो १३ करोड वर्ष पुरानो लामखुट्टेको जीवाश्म

लामखुट्टे करोडौँ वर्षदेखि पृथ्वीमा रहेको र यसलाई डाइनोसरको समकालीन मान्ने गरिन्छ।

यी हुन् विश्वमै सबैभन्दा बढी उमेरका तिम्ल्याहा दाजुभाइ, सबैले देखे चौथो पुस्ता

आफूहरू यति धेरै वर्षसम्म बाँच्नुको रहस्यबारे ल्यारी भन्छन्, ‘हामीले धुम्रपान, मध्यपान र नसा कहिल्यै गरेनौँ।’

पति–पत्नीको झगडाले बैंकक जाँदै गरेको विमान दिल्ली 'डाइभर्ट'

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान (एलएच ७७२) लाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको हो।

भारतीय महिलाले बनाइन् सबैभन्दा धेरै दाँत भएको रेकर्ड

डाक्टरले उनले भविष्यमा आफ्नै रेकर्ड तोड्ने बताएका छन्। अझै दुईवटा दाँत आउने तयारीमा रहेकाले केही समयमै उनीसित ४० दाँत हुने छन्।