आफूलाई कामको जिम्मेवारी नदिएर तलब मात्र दिँदा आत्मसम्मानमा चोट पुगेको भन्दै ती कर्मचारी कानूनी लडाइँ लड्दै आएकी छन्।
कपाल प्रत्यारोपणलाई टर्किएले स्वास्थ्य पर्यटनकै रूपमा विस्तार गरेको छ। विविध कारणले टर्किए कपाल प्रत्यारोपणको प्रमुख गन्तव्य बन्दै गइरहेको छ।
‘कोडेक्स लेस्टर’ नाम गरेको यस किताबलाई भिन्चीको सबैभन्दा प्रसिद्ध 'साइन्टेफिक जर्नल' मानिन्छ।
घरभित्र एसीको चिसो हावा लाग्ने बित्तिकै उनले चोर्नै बिर्से। एकछिन आराम गरेर चोर्छु भनेर भुइँमा पल्टेका चोर त्यहीँ निद्रामा परे।
नुनको अत्यधिक प्रयोग जापानी जनजीवनमा ठूलो समस्या बन्दै गएको छ। यस्तो अवस्थामा उक्त चम्चाले सहयोग गर्ने निर्माता कम्पनीको दाबी छ।
सशस्त्र प्रहरी बलको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारभित्र बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला पारेको हो।
म्याक्स नाम गरेको बिरालोलाई उसले क्याम्पसमा देखाउने मैत्रीपूर्ण व्यवहारका लागि सम्मान गर्न लागिएको हो।
ती कुकुरले मेटगालाका सेलिब्रेटीको झैं पहिरन गरेका थिए। त्यसैले, यस कार्यक्रमले मेटगालाको मजाक उडाएको आलोचना पनि भएको छ।
वर्षौंसम्म बोल्न, सुन्न नसक्ने नाटक गर्नुपर्दा आफूलाई पागल जस्तै महसुस हुन थालेको उनले बताए।
अन्वेषकहरूको एक समूहले सुमेरु महासागरमा जमेको बरफमाथि ककटेल पार्टीको आयोजना गरेको हो।
चीनमा उँटको लस्करले पैदल यात्रा गर्नेलाई बाटो काट्न अप्ठेरो पर्न थालेपछि स्थानीय अधिकारीहरूले ट्राफिक लाइटको व्यवस्था गरेका हुन्।
उमेरले एक शताब्दी पार गर्न लाग्दा पनि टेलिभिजन प्रस्तोताकै कर्ममा रमाइरहेका डेभिड अझै पनि अवकाश लिने सोचमा छैनन्।
चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो। एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो।
वेल्सको पोन्टाडावेकी ७६ वर्षीया मर्लिन बिर्चले वर्षौंपछि उक्त औँठी भेटाउँदा ‘भावनात्मक पुनर्मिलन’ भएको बताएकी छन्।
यो उमेरमा पनि तन्दुरुस्त र सुन्दर रहन कसरत गर्नेदेखि उपवास बस्ने गरेको उनले बताइन्। उनी भन्छिन्, ‘सुन्दरताको कुनै म्याद हुँदैन।’
आईआईटी रुड्कीका अन्वेषकहरूले अहिले लोप भइसकेको यो सर्प संसारको सबैभन्दा लामो सर्पमध्ये एक भएको दाबी गरेका छन्।
'बायोजेनिक कार्बन एक्स्ट्र्याक्सन टेक्नोलोजी' प्रयोग गरी बनाइएको उक्त हिराको मूल्य ५५ लाख रुपैयाँ रहेको छ।
यो क्षेत्रमा आउनुअघि लोइस मोडेलिङ गर्थिन्। तर २१ वर्षको उमेरमा उनीमाथि सिरियल किलरले आक्रमण गरे। त्यहाँबाट जोगिएर प्रहरीकोमा पुगेकी उनको लक्ष्य बदलियो।
असफलताले कसैलाई निराश बनाउँछ भने कसैलाई थप केही गर्ने प्रेरणा पनि मिल्छ। जापानका केन्टा अदाचीलाई यस्तै प्रेरणा मिल्यो।
यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र मनमोहन सिंह तथा कांग्रेस सांसद राहुल गान्धीसँग प्रतिस्पर्धा गरिसकेका छन्।