जापानमा 'ओके ग्रान्डमा' नामक सेवाले घरायसी र भावनात्मक आवश्यकताहरूको लागि वृद्ध महिलाहरूलाई भाडामा लिनसक्ने अवसर प्रदान गर्दछ।
जापानले विकास गरेको १.०२ पेटाबिट प्रतिसेकेन्ड गतिको इन्टरनेटले १ सेकेन्डमा १० लाख २० हजार गिगाबिट (जीबी)को डाटा ट्रान्सफर गर्न सक्छ। यो गति नेपालको इन्टरनेटको औसत गतिभन्दा करिब १.३ करोड गुणा तीव्र हो।
'म बाहिर निस्कने, मानिसहरूलाई भेट्ने वा साथी बनाउने हिम्मत गर्न सक्दिन। मेरो अनुहारमा हजारौं साना कमिलाहरू घस्रिरहेको जस्तो लाग्छ।'
ड्रोनलाई उडाएर सही ठाउँमा पुगेको सुनिश्चित गर्न तथा आकाशमा प्रकाशमार्फत कस्तो दृश्य दिने भनेर प्राविधिक टोलीले कडा मेहनत गरेका हुन्छन्।
टिरोन अलेक्ज्यान्डर नाम गरेका ३५ वर्षीय ती व्यक्तिले झुटा कागजात पेस गरेर उडान परिचारक र पाइलटहरूका लागि आरक्षित टिकट बुक गर्थे।
यस प्रकारको न्यानो टेक्नोलोजीलाई अगाडि बढाउन सकिए भविष्यमा शरीरमा औषधि पुर्याउन, साना शल्यक्रिया गर्न र चिकित्सा मेसिनहरू सुधारमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।
आइफेल टावरभन्दा ३५ मिटर अग्लो र कुतुब मिनारभन्दा लगभग पाँच गुणा उचाइ भएको यो पुल २८ हजार ६६० मेगाटन स्टील प्रयोग गरेर निर्माण गरिएको हो।
सिलिकनबाट बनेका ती ‘हाइपर रियालिस्टिक’ गुडियालाई महिलाहरूले आफ्नो सन्तानझैं रेखदेख गरिरहेका छन्, तर कसरी?
पूर्वी चीनको हाङझाउ शहरमा आइतबार सम्पन्न विश्वको पहिलो दाबी गरिएको ह्युमनोइड रोबोट फाइटिङ(कुस्ती) प्रतियोगितामा ‘एआई स्ट्राटेजिस्ट’ च्याम्पियन बनेको छ।
परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्।
विदेशमा रहेका न्युजिल्यान्डवासीहरूका लागि यो लामो समयदेखि मजाकको विषय बन्दै आएको छ।
शनिबार बिहान १० बजे शुरू भएको मुइज्जुको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको थियो।
‘अमरपोस्टिया स्टिपाटिका’ नामक यो च्याउको गुणबारे हालै अनुसन्धान गरिएको हो। यसलाई काठेढुसी पनि भनिन्छ। रोचक कुरा त के भने यति तीतो भएर पनि यो च्याउ विषाक्त भने छैन।
ती महिलाले बोल्न सक्छिन् भनेर प्रमाणित गर्न बीमा कम्पनीले निजी जासुस नै राख्नुपरेको थियो।
यी सेता ब्वाँसाहरूलाई 'डायर वुल्फ' भनिन्छ, जो १२ हजार वर्ष पहिले नै लोप भइसकेका थिए।
पञ्जामा हुने ठूला नङहरूले गर्दा तिनीहरूको पहिचान अन्य डानोसरका भन्दा फरक छ।
ओङ्गोल जातको यो गाई गत फेब्रुअरीमा ब्राजिलमा भएको लिलामीमा संसारको सबैभन्दा महँगो गाईको रूपमा बिक्री भएको थियो।
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको हो।
बैंक भएको ठाउँबाट खोस्रेर निकालिएको माटो घरमा राख्दा जीवनमा समृद्धि र सौभाग्य छाउने दाबी गर्दै चिनियाँ अनलाइन बजारमा यस्तो माटो बिक्री भइरहेको छ।
पृथ्वीमा यस्तो घटना पहिले कहिल्यै भएको थिएन। वैज्ञानिकहरू यो एक अनौठो खोज भएको विश्वास गर्छन्।