यी स्टिकर पहिलो पटक गत वर्षको अन्त्यतिर म्युनिखका चिहानहरूमा देखिएका थिए। त्यसपछि, पछिल्ला हप्ताहरूमा एकाएक धेरै देखिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।
शरीरमा विशाल भए पनि किंग कंग स्वभावले निकै प्यारो छ। उसलाई आहाल बस्न, पाकेको केरा खान र फार्ममा काम गर्नेहरूसँग खेल्न मन पर्छ।
नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको सन्तोषले बताए।
अर्जेन्टिनाका वैज्ञानिकहरूले आनुवंशिक सम्पादन (जिन इडिटिङ) गरेर तयार पारेका यी घोडाहरूलाई पोलो खेल्नमा प्रयोग हुने विशेष घोडाको उन्नत संस्करण बताएका छन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसला कार्यान्वयनका क्रममा १० रुपैयाँ जरिबाना तोकिएका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
विगत ५०० वर्षदेखि मनाइँदै आएको लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ।
करिब २.८ किलोमिटर गहिराईमा ड्रिल गरेर निकालिएको बरफको यस नमूनाले पृथ्वीमा भएको मौसम परिवर्तनसम्बन्धी जानकारी पत्ता लाग्ने विश्वास गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ।
आफन्तको हिरा कम्पनीमा कम्प्युटर अपरेटरको जागिर गर्दै आएका ती युवकले आफूले जागिर छाड्ने कुरा बताउन नसक्दा आत्मघाती निर्णयमा पुगेका हुन्।
विभिन्न सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्याप’लाई पड्काउनमा कतिपयले आनन्दसमेत लिन्छन्। त्यसैले उनीहरूले यसलाई तनाव प्रतिरोधी पोसाक भनेका छन्।
अस्ट्रियाली एक दम्पतीले विगत ४३ वर्षदेखि ठगीको लागि विवाह र सम्बन्ध विच्छेदको नाटक रच्दै आएको खुलेको छ।
अधिकारीहरूका अनुसार ‘विजडम’ र उनको भाले साथी ‘अकेकामाई’ सन् २००६ देखि प्रशान्त महासागरको एटोलमा सँगै बस्थे। विजडमलाई पहिलो पटक सन् १९५६ मा वयस्कको रूपमा रेकर्ड गरिएको थियो।
चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कुनै चलचित्रको पटकथा जस्तो। आफ्नो भाइको हत्यारा खोज्न जीवनको अधिकांश समय बिताउने एक ४७ वर्षीया चिनियाँ महिलाको कथा हो यो।
कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ। एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा कारबाहीसमेत हुन्छ।
प्रविधिले जति फड्को मारे पनि डायरीमा कलमले अक्षर मिलाएर लेख्नुको आनन्द बेग्लै हुन्छ। त्यसैले कलम लेखकको भावनासँग जोडिएको छ। यो लेखकको अमूल्य सम्पत्ति पनि हो।
पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी ५०० रुपैयाँका दरले दुई हजार ५०० तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिइने हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ।
भारतमा वैवाहिक बलात्कारसम्बन्धी कानून अझै बनेको छैन र यसबारे भारतको सर्वोच्च अदालतमा बहस चलिरहेको छ।
नेपालमा जुम्ल्याह सन्तानलाई राम–लक्ष्मण तथा गंगा-जमुना जस्ता नाम दिने गरिएझैँ नाइजेरियामा पनि उनीहरूको विशेष नाम राख्ने चलन छ।