शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षअघि मिर्गौला प्रत्यारोपण शुरू गर्दा न्यून सुविधा थियो। सुविधा थप गर्दै गएको केन्द्रमा गत माघ ६ गते १ हजारौँ बिरामीको मिर्गौला प्रत्यारोपण भयो।
नेपालमा आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर रहने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।
पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पताललाई स्वास्थ्य बिमाको जिम्मा दिनु नहुने बताएका छन्।
शिक्षण अस्पतालसँग बर्सेनि १० देखि १५ जनामा कलेजो प्रत्यारोपण गर्ने क्षमता छ, तर ३ वर्षमा ९ जनाको प्रत्यारोपण भयो। गरिबी, कलेजोबारे जनचेतना र नेपालमा हुने उपचारको जानकारी नहुँदा बिरामी नै पुग्दैनन्।
विकट बस्तीसम्म स्वास्थ्य सचेतना पुर्याउन अभियान थालिएको इनरुवा अस्पतालका प्रमुख डा. देवराज घिमिरेले बताए।
सिकलसेल सरुवा रोग भने होइन। रोगवाहक आमाबाबुको जिनका कारण यो रोग सन्तानमा देखा पर्छ।
बागलुङ बजारस्थित आयुर्वेद औषधालयबाट स्वास्थ्य विभागले सिफारिस गरेका ९५ मध्ये २३ प्रकारका औषधि उपलब्ध हुने गरेको छ।
नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो घटना रहेको कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा. डा. अनिल आचार्यले बताए।
तनहुँको दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा ५० जना बिरामीले डायलिसिस सेवा लिइरहेका छन्।
जर्मन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज बुस्टर खोप नेपाल आइपुगेको छ। बुस्टर डोजको प्राथमिकतामा ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधी क्षमता कम रहेका नागरिक छन्।
नेता भण्डारीको उपचार भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ।
भारतले नेपाललाई २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ।
गुल्मी जिल्ला अस्पतालमै विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
पर्वत जिल्ला अस्पतालमा सेवा नपाएपछि बिरामीहरू पोखरा र काठमाडौँसम्म पुग्न बाध्य छन्।
बर्जुमा दादुरा पुष्टि भएसँगै पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।
डा. चन्द्रमणि अधिकारीले पाँचदेखि १५ वर्ष उमेर समूहका १३ हजार विद्यार्थीको मुटु परीक्षण गर्दा ९ जनामा मात्र बाथ मुटुरोग देखिएको बताए।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकार तयार भएकाे छ।
आन्दोलनरत चिकित्सक संघ र सरकारी टोलीबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको छ।