प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह घाइते भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने संघले निर्णय गरेको छ।
स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रियामा 'हन्ड्रेड परसेन्ट' शुद्धता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
म्याग्दीमा दुई आर्थिक वर्षदेखि कुष्ठरोगका नयाँ बिरामी पहिचान भएका छैनन्।
हाल नेपालमा दुई हजार २८५ जना कुष्ठरोगका नयाँ बिरामी पाइएका छन्। यसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका छन्।
काठमाडौँमा प्रेमप्रसाद आचार्यको मृत्युवरणले चर्चा बढाइदिएको मात्र हो। खासमा नेपालीको मानसिक स्वास्थ्य समस्या ‘महामारी’कै तहमा देखापरेको आत्महत्याको चढ्दो ग्राफबाटै छर्लंग हुन्छ।
सुर्खेतको छिमेकी जिल्ला बाँकेमा दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिइरहेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता जनाएका छन्।
पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो।
त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म गरिएका सबै कलेजो प्रत्यारोपण सफल भएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण शनिबार एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतका कार्यालयबाट गत वर्ष ५६ हजार १२३ जनाले सेवा लिएका छन्। २०७७/७८ मा १२ हजार ६६५ जनाले लिएका थिए।
स्वास्थ्य मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।
छिमेकी देश भारतमा दैनिक रूपमा कोरोना संक्रमित बढ्दै गएपछि वीरगन्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।
स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।
छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन्।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै वीरगन्ज महानगरले भदौयता घरमै गएर स्वास्थ्य परीक्षण गर्ने अभियान चलाइरहेको छ।
लिखुपिके गाउँपालिकाले घरमै गएर दीर्घरोगका बिरामीको स्वास्थ्य परीक्षण र औषधि प्रदान गर्ने योजना शुरू गरेको छ।