स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई व्यवस्थापन गर्न ल्याइए पनि यसको प्रभावकारिता देखिएको छैन।
स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो रहेकाे स्थानीयकाे गुनासाे छ।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नुहुने चिकित्सकको भनाइ छ।
चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले निर्वाचनका बेला भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको बताइन्।
विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।
कुनै समय धमिलो बनेको सुनसरी जिल्ला अस्पतालको छवि डा. देवराज घिमिरेको ‘जिद्दी’ले सुधार हुँदै गएको छ। अहिले बिरामीको चाप बढ्दै गएको छ भने अस्पताल पनि सुविधा सम्पन्न बन्दै गएको छ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाइने गरिन्छ।
जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।
नेपाल चिकित्सक संघले डा. अविनाश पराजुलीमाथि गोरखा अस्पतालमा भएको हातपातको भर्त्सना गरेको छ। डा. पराजुलीमाथि अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हातपात भएको थियो।
नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी फेला परेको छ। जिनोमिक सिक्वेन्सिङका क्रममा १ जनामा कोरोनाको नयाँ सब भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँमा अस्वस्थ्यकर तरिकाले कुखुराको मासु ढुवानी गर्ने गरेको भेटिएको छ। काठमाडौँ महानरपालिकाले अनुगमनका क्रममा जिउँदो कुखुरा ढुवानी गर्ने गाडीमा काटेको मासु ढुवानी गर्दै गरेको भेटाएको हो।
अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।
काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज, ललितपुरले जनाएको छ। अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको बताए। लामो समयदेखि पोष्टेड तथा मुटुको स…
फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।