राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
अकुपङ्चर विधिबाट उपचार गर्न प्रयोग गरिने मोक्जा तितेपातीबाट तयार हुन्छ। पूर्वी नेपाल र काठमाडौँ आसपासबाट संकलित तितेपातीबाट उत्पादन गरेको मोक्जा जापान निर्यातसमेत हुनथालेको छ।
प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।
बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ।
अध्ययनका क्रममा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरूको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउँछन्।
विभागका महानिर्देशक ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई गुणस्तर परीक्षण गराइ बिक्री वितरण गर्न अनुरोध गरेका हुन्।
गएको २ गते अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ। उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।
प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।
२०५५ सालमा स्थापना भएको यस अस्पतालले प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। सर्वसाधारणमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको छ।
राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले बताएका छन्।
राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन जनसंख्याको दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ। तर, नेपालमा ०.८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको तथ्यांक छ।
छाती दुख्ने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल बुधबार बिहान डिस्चार्ज भएका छन्।
छाती दुख्ने समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलबार काठमाडौँको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीताको थापाथलीस्थित नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ।
नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको पशु सेवा विभागले जनाएको छ। तराइदेखि हिमाली जिल्लासम्म नै यसको प्रकोप फैलिएको छ।
कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
दुई वर्षसम्म पनि प्रयोग नभएका सामान फिर्ता लिई अरू अस्पताललाई हस्तान्तरण गर्ने मन्त्री बस्नेतले बताएका छन्।