सोमबार दिउँसो १ बजेबाट शुरू तनाव राति १० बजे साम्य भए पनि मणिपाल अस्पतालको अवस्था सामान्य भइसकेको छैन। चिकित्सकले आक्रमणमा संलग्नलाई कारबाही गर्न र मृतकका आफन्तले मृत्युको कारण माग गरिरहेका छन्।
दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ।
फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले फार्मासिस्ट भनेर नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको पनि बताए।
अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।
दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।
औषधि व्यवस्था विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिइने महानिर्देशक ढकालले जानकारी दिए।
विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर आन्दोलन गरिरहेको चिकित्सा शिक्षा सरोकार संघर्ष समिति, नेपालले स्वास्थ्यमन्त्री बस्नेतको आश्वासनपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको जनाएको छ।
आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करिब छ करोड रुपैयाँ खर्चिएर उपकरण खरिद गरिएको थियो।
बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। जनशक्ति नहुँदा डेढ वर्षदेखि ती उपकरण प्रयोगमा आउन सकेका छैनन्।
स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्।
विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणमा ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ।
जनकपुरको काव्या अस्पतालले विरामीको उपचार गर्नुअघि उपचार खर्च ‘जायजेथाबाट समेत असुलउपर गरिने’ वचनपत्रमा हस्ताक्षर गराइरहेको छ। तर नियामक निकाय चुपचाप छन्, प्रदेश सरकार ‘उजुरी नआएको’ भन्दै बसेको छ।
बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल ७०० शय्याको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पताललका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।
प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा २३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगी संक्रमण देखिएको छ। संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको छ।
पीडितका आफन्तले परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।
जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंको भनाइ छ।
चिकित्सकको परामर्शबिना औषधि प्रयोग गर्दा आँखा पाक्ने संक्रमण झनै बढेपछि अस्पताल पुग्नेहरू बढेका छन्। यसरी औषधि चलाउँदा आँखालाई दीर्घकालीन असर पुग्ने चिकित्सकको भनाइ छ।
जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।
औषधि पसलमा तीनवर्षे फार्मेसी उत्तीर्ण गरेको व्यक्तिले मात्रै औषधि बिक्री गर्न पाउने सरकारी नियम भए पनि साझा औषधि लिमिटेडले भने सरकारी नियमविपरीत कार्यालय सहयोगीलाई औषधि बिक्रीका लागि राखेको पाइएको छ।
विषादी प्रयोग नभएका तरकारीहरू राम्रो हुँदैनन् र बजारमा त्यसको भाउ पाउन सकिँदैन भन्ने मान्यता अधिकांश किसानमा छ। यसको पहिलो असर भोग्नेमा उनीहरू स्वयं र त्यसपछि आम उपभोक्ता पर्छन्।