AnonymousUser

Logout

मुस्तफालाई बाहिर राख्दै न्यूजिल्यान्डविरुद्धको सिरिजका लागि यूएईको टोली घोषणा

८१ ओडीआईमा एक हजार ५०४ र ५८ टी–२० आईमा एक हजार ६ रन प्रहार गरेका मुस्तफा भने टोलीमा अटाउन सकेनन्। उनले ओडीआईमा ८५ र टी–२० आईमा ६१ विकेट लिएका छन्।

इन्टर मियामी लिग्स कपको फाइनलमा, लगातार छैटौँ खेलमा मेस्सीको गोल

इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे। मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको विजेतासँग खेल्नेछ। 

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध

अल–हिलालका अध्यक्ष फहाद बिन सादले नेयमारलाई क्लबमा स्वागत गर्दै ‘एक विश्वव्यापी आइकन र रोक्न नसक्ने आक्रमणकारी शक्ति’ भनेका छन्। 

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित पारस भन्छन्– मैदान बाहिर खेल्न सहज छैन

काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का मैदानभित्र जस्तो बाहिर खेल्न सहज नहुने बताउँछन्।

स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलोपल्ट महिला विश्वकपको फाइनलमा

स्पेनले उपाधिका लागि आयोजक अस्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

कीर्तिमानी रकममा चेल्सी भित्रिए काइसेडो

चेल्सी र काइसेडोबीच ८ वर्षको सम्झौता भएको छ। उनलाई थप एक वर्ष सम्झौता लम्ब्याउने सक्ने विकल्प पनि दिइएको छ।

२६ वर्षकै उमेरमा हसरंगाले लिए टेस्ट क्रिकेटबाट संन्यास

हसरंगाले सन् २०१७ मा ओडीआईमा डेब्यू गरेका थिए। त्यसयता ४८ ओडीआई र ५८ टी-२० आई खेलेका उनले १५८ विकेट लिँदै एक हजार २६५ रन बनाएका छन्।

रोनाल्डो अनुपस्थित खेलमा अल–नासर पराजित

खेलमा अग्रता भने साडियो मानेको गोलबाट नासरले लियो। उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए। 

किशोर, श्याम र सन्दीप जोरालाई समेट्दै एशिया कप खेल्ने टोली घोषणा

क्यानले एसीसी एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ।

राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा बस्नेत, सहायकमा भुसाल

एएफसी फुटसल एशियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्।

फिफा महिला विश्वकपबाट उजागर विभेदको तस्वीर

एक जना दर्शकले महिला र पुरुष विश्वकप फुटबल हेर्दा खासै फरक देख्नु नपर्ने हो। तर जति चर्चा पुरुष फुटबलको हुन्छ, महिलाको हुँदैन। फिफाले नै पुरस्कार राशिदेखि खेलाडीलाई दिने सुविधासम्ममा विभेद गरेको छ।

मान्सिनी पाँच वर्षपछि इटालीको प्रशिक्षकबाट बाहिरिए

पाँच वर्षसम्म इटालीको फुटबल टिम सम्हालेका प्रशिक्षक रोबर्टो मान्सिनीले राजीनामा दिएका छन्। इटालीलाई युरोकप २०२० को उपाधि जिताएका उनले २०२३ को विश्वकपमा छनोट गराउन असफल भएका थिए।

ईपीएलमा चेल्सी र लिभरपुलले बराबरी खेले

सिजनको पहिलो खेलमा नै प्रतिस्पर्धा गरेका इंग्लिस प्रिमियर लिगका दुई चर्चित क्लब चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।

रोनाल्डो चम्किएपछि अल–नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप

अल–नासरको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। उनले ७४औँ र ९८औँ मिनेटमा गोल गरेका थिए।

मकवानपुर क्रिकेट संघको अध्यक्षमा क्षेत्री निर्वाचित

मकवानपुर क्रिकेट संघको अध्यक्षमा करन महत्रा क्षेत्री निर्वाचित भएका छन्।

चार्लोटलाई हराउँदै मियामी सेमिफाइनलमा, मेस्सीको १ गोल


शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले चार्लोट एफसीलाई ४–० गोलअन्तरले पराजित गरेको छ। 

स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा

न्युजिल्यान्डको वेलिंटन स्टेडियममा भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्डलाई हराउँदै स्पेन अन्तिम चारमा पुगेको छ।

महिला टी–२० विश्वकप छनोट : नेपाली टोली घोषणा, नेरी र कृतिका परेनन्

क्यानले मलेसियामा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ।

फुटबलको राष्ट्रिय टोलीका पुजन, रवि र निशान्त अस्ट्रेलिया प्रस्थान

यसैसाता फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए। एक वर्षको अन्तरालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया गइसकेका छन्।

रोनाल्डोको गोलमा अल–नासर फाइनलमा, उपाधिका लागि अल–हिलालसँग भिड्ने

सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फउल गरेपछि नासरले पेनाल्टी पाएको थियो। ७५औँ मिनेटमा पाएको उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरे।