AnonymousUser

Logout

मापदण्ड पूरा नगरेका क्लबले धान्छन् घरेलु लिग: एन्फा खेलाउँछ, एएफसी रोक्छ

घरेलु लिग खेल्न सम्बन्धित देशको फुटबल संघले मापदण्ड पुगेका क्लबलाई लाइसेन्स दिनुपर्ने नियम फिफा र एएफसीले लागू गरे पनि एन्फाले त्यसविपरीत 'ए' डिभिजन लिग खेलाउँदा अन्तर्राष्ट्रिय साख नै गुमेको छ।

टोलीमा चरणबद्ध सुधार हुँदै जान्छ, भारत र पाकिस्तानलाई एकैपटक हराउन सक्दैन : रोहित पौडेल

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले खेल्नेबित्तिकै एसोसिएटले टेस्ट प्लेइङ राष्ट्रलाई हराउन नसक्ने बताएका छन्।

मियामीले ओर्लान्डो सिटीलाई हरायो, मेस्सीको २ गोल

मेस्सीले मियामीका लागि तीन खेलमा पाँच गोल गरिसकेका छन्।

सर्रे ८ विकेटले विजयी, जन्मदिनमा सन्दीपलाई प्लेयर अफ द म्याच अवार्ड

उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए।

एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने

एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता नेपालमा आयोजना हुने अहिलेसम्मकै दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

असुरक्षाको कारण देखाउँदै एकदिन अगाडी सारियो भारत र पाकिस्तानबीचको खेल

भारतले अस्ट्रेलियासँगको खेलबाट विश्वकपको शुरूआत गर्ने छ। यी दुई टोली ८ अक्टोबरमा चेन्नईमा भिड्ने छन्।

ग्लोबल टी२० लिग: सन्दीप आबद्ध सर्रे ६ विकेटले विजयी

यो खेलमा सन्दीप विकेटविहीन बने। उनले ३ ओभर बलिङ गर्दै २५ रन दिएका थिए। 

बुधबारबाट प्रथम हिमालयन फुटसल

नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ।

भेलोसिटी पम्प फेस्ट शनिबार हुने

एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाउने छन्।

महिला टी–२० विश्वकप: एशिया छनोटका लागि २४ सदस्यीय टोली घोषणा

अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले मंगलबार टोलीको घोषणा गरेको हो। प्रतियोगितामा ११ टिम सहभागी हुने छन्।

युरोपेली लिग खेल्न सावित्रा इजरायल प्रस्थान

सावित्रा इजरायली क्लब हापोएल रानानाबाट खेल्न मंगलबार बिहान त्यसतर्फ स्थान गरेकी हुन्। हापोएलले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको छ।

दक्षिण एशियाली आईटीएफ तेक्वान्दोमा १४ खेलाडीले प्रतिस्पर्धा गर्दै

आगामी अगस्ट ४ देखि ६ सम्म भारतको हैदरावादमा हुने सातौँ दक्षिण एशियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।

मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजन लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन्।

मेस्सीसँगै सन्यास लिने सुआरेजको चाहना

अमेरिकी क्लब मियामी जान असफल भएका उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सीसँगै सन्यास लिने चाहना रहेको बताएका छन्।

ग्लोबल टी२० लिगमा दीपेन्द्र सम्मिलित मोन्ट्रियल टाइगर्स शीर्ष स्थानमा

नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौँ केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहेकै छन्।

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित प्रशिक्षणमा मछिन्द्र

यसपटक मछिन्द्र सुखद नतिजा ल्याउने आशामा रहेको प्रशिक्षक किशोर केसीको भनाइ छ। सबैले मिहिनेत गरिरहेको र राष्ट्रिय टोलीबाट पनि खेलाडी आएकाले राम्रो टोली बन्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक केसी बताउँछन्

त्रिभुवन आर्मीको टोली दुरान्द कप खेल्न भारततर्फ 

आर्मीले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ‘ए’ वरीयताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

यू-१६ लिग: जन्मदर्ता दुरुस्त तर एमआरआईमा बढी उमेर, खेल्न दिनुपर्ने एनआरटीको अडानले विवाद

आर्मीको 'प्रोटेस्ट'पछि एमआरआई जाँच गर्दा उमेर बढी देखिएका एक खेलाडी खेलाउन पाउनु पर्ने अडान राखेर लिग नै बहिस्कार गर्ने एनआरटीको निर्णयले त्यस क्लबमा आबद्ध २८ खेलाडी खेल्नबाट वञ्चित भएका छन्।

एशियाडमा नेपालबाट २३४ जना खेलाडीले भाग लिने

तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।