AnonymousUser

Logout

विश्वकप छनोट: नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य

‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने दबाबमा खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो। 

काभा भलिबल : नेपालको लगातार पाँचौँ पराजय

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।

घुँडाको चोटबाट पीडित सुआरेज, अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने स्थितिमा

गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।

विश्वकप छनोट : श्रीलंकासँग ओमान १० विकेटले पराजित

श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो।

विश्वकप छनाेट: नेपालको ‘सुपर सिक्स’ यात्रा नेदरल्यान्ड्ससितको खेलमा निर्भर

जारी प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध १०१ रनको हार बेहोरेसँगै ‘सुपर सिक्स’मा पुग्ने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली टोलीलाई नेदरल्यान्ड्सको खेलमा भर पर्नुपर्ने भएको छ।

साफ : लेबनानसँग बंगलादेश पराजित

साफ च्याम्पियनसिपको पहिलो खेलमा लेबनानले बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ।‍

होप र पुरनको दोहोरो शतकीय साझेदारीमा नेपालले पायो ३४० रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रन बनायो।

विश्वकप छनोट: नेपाल टस जितेर बलिङमा

दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित नेपालले पहिलो पटक खेल्न लागेको हो।

प्रदेश रंगशालालाई बजेट अभाव हुन नदिने कर्णालीका आर्थिक मामिलामन्त्रीको प्रतिबद्धता

आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुर्खेतमा रंगशाला निर्माण भइरहेको छ। 

साफ च्याम्पियनसिप: नेपाल पहिलो खेलमा कुवेतसँग पराजित

कुवेतका लागि कप्तान खालिद हजिया, शबइब अल-खल्दी र मोहम्मद अब्दुल्लाहले गोल गरे। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल फर्काए।

क्रिकेट संघबाटै बिथोलिए ‘फ्रेन्चाइज लिग’, फेरि हुने नहुने टुंगो छैन

क्यानले आधिकारिक फ्रेन्चाइज लिगका नाममा आयोजना गरेको नेपाल टी२० लिग पहिलो संस्करणमै विवादित भयो। अन्य तीन वटा लिग पनि पुरानै स्वरूपमा खेलाउन रोकिएपछि नेपाली क्रिकेट लिगबिहीन हुने अवस्थामा छ।

साफ : बलियो टोली कुवेत, नडराएको प्रतिद्वन्द्वी नेपाल

कुवेतले नेपालविरुद्ध दबदबाको रेकर्ड नै राखेको छ। दुवै टोलीले कुल ९ पटक एक अर्कासँग खेलेका छन्। जसमा कुवेत ८ पटक विजयी भएको छ भने १ खेल बराबरीमा टुंगिएको छ।

विश्वकप छनोट : नेपालसँग अमेरिका ६ विकेटले पराजित

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो। जारी प्रतियोगितामा नेपालको पहिलो जितका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७७ रन प्रहार गरे।

चेल्सी भित्रिए एनकुन्कु

चेल्सीले २५ वर्षीय एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट अनुबन्ध गरेको छ। चेल्सीले उनलाई ५२ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

विश्वकप छनोट : शायनको शतकमा अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। अमेरिकाका शायन जहानगिरले अविजित रहँदै १०० रन बनाए।

यूएईमाथि श्रीलंकाको सहज जित, हसरंगाले लिए ६ विकेट

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।

नेसन्स लिगको उपाधि स्पेनलाई, क्रोएसिया पेनाल्टी सुटआउटमा पराजित

नेसन्स लिगको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ। 

विश्वकप छनोटमा नेपाल जिम्बावेसँग पराजित

नेपाल जिम्बावेसँग आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा ८ विकेटले पराजित भएको छ।

नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य, कुशल र आशिफको कीर्तिमानी साझेदारी

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी एक दिवसीय छनोटमा घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।