‘सुपर सिक्स’को खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको छ।
मुख्य प्रशिक्षक एनिसले ३० खेलाडीलाई समेटेर प्रारम्भिक टोली घोषणा गरेका छन्। टोलीको बन्द प्रशिक्षण साउन १६ गतेदेखि हुनेछ।
भारत लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनलमा पुगेको हो। अब उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ।
फुटबलर आशिषको जीवनको एउटा लक्ष्य हो, आफ्नै सानो घर बनाएर बस्ने बुबाको सपना पूरा गर्नू। त्यही सपनाले डोर्याएर उनका बुबा साउदी अरब पुगेका छन्। उनी भने साउदी सपना त्यागेर फुटबलमा लागे।
शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए।
बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
अनुभवी खेलाडीहरू पलायन भएपछि बनाइएको युवा टोली, त्यो पनि तयारीबेगर साफ च्याम्पियनसिप खेल्न पुगेकाले यस्तो नतिजा अपेक्षित नै थियो। तर यसले प्रश्न उब्जाएको छ– कतिन्जेल हारलाई नै ‘उपलब्धि’ मानिरहने?
भारत र कुवेत १०/१० खेलाडीमा समेटिएका थिए। एक अर्काविरुद्ध विवादमा उत्रिएपछि रेफ्रीले भारतका रहिम अली र कुवेतका हामद अल कल्लाफलाई रातो कार्ड दिएका थिए।
बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
अक्टोबर ५ देखि शुरू हुने विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्नेछन्।
जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।
साबिक उपविजेता रहेको नेपाल साफबाट बाहिरिसकेको छ।
क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। पाँच महिनाअगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लब भलिबल लिग खेल्न लागेका हुन्।
आईसीसी वरीयतामा दोस्रो र तेस्रो स्थानमा रहेका पाकिस्तान र भारतसँग आगामी एशिया कपमा खेल्न लागेको नेपालको स्तर जिम्बावेमा उजागर भएको छ। नेपाललाई ठूलो अन्तरमा हराएको वेस्ट इन्डिज अहिले १०औँ वरीयतामा छ।
नेपाली मूलका किबन राई इंग्ल्यान्डको चौँथो डिभिजन लिग–२ को क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्। उनी वेल्सको ब्रेकनमा जन्मिएका हुन्।
कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।
सिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले पूर्वसहकर्मी लिओनल मेस्सीसँगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।
भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ।
समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली कुवेत बनेको छ। लगातार पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।
नेपाल आईसीसी एक दिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ। नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।