AnonymousUser

Logout

एशियाली खेलकुद : नेपालले जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने

नेपाली महिला टोलीले चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एशियाली खेलकुदअन्तर्गत फुटबलमा जापान र भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

वेस्ट इन्डिजसँग शृंखला खेल्ने भनेर सचिवले भ्रम फैलाए: अन्सारी

क्यानका केन्द्रीय सदस्य दाउद अन्सारीले मौखिक आश्वासनकै भरमा नेपालले टेस्ट राष्ट्रसँग शृंखला खेल्ने भन्दै कार्यवाहक सचिव दुर्गानाथ पाठकले मिडियाबाजी गरेको आरोप लगाएका छन्।

विश्वकप छनोट : नेपालको पहिलो प्रतिस्पर्धी लाओस

नेपाल र लाओस हालसम्म ३ पटक आमनेसामने भएका छन्। नोभेम्बर २०१६ मा एएफसी सोलिडारिटी कपमा भएको पहिलो भेटमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३-० गोलअन्तरले पराजित गरेको थियो।

१९औँ एशियाली खेलकुद: नेपालको झन्डा दीपक महर्जनले बोक्ने

चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।

नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब ब्लूमफिल्डसँग पराजित

श्रीलंकामा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दिएको १९८ रनको लक्ष्य स्थानीय क्लब ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो।

इन्टर मियामीले एट्लान्टा युनाइटेडलाई हरायो, मेस्सीको २ गोल

मियामीका लागि दुई खेल खेलेका मेस्सीले तीन गोल गर्न सफल भएका छन्। उनी हालै फ्रेन्च क्लब पीएसजी छाडेर मियामी गएका थिए।

वेस्ट इन्डिजको टोलीमा हेटमायर र थोमसको पुनरागमन

वेस्ट इन्डिजले भारतविरुद्धको ३ खेलको एक दिवसीय सिरिजका लागि घोषणा गरेको टोलीमा ब्याटर शिमरोन हेटमायर र फास्ट बलर ओशाने थोमसले पुनरागमन गरेका छन्।

एमबाप्पे भित्र्याउन आधा दर्जन क्लब इच्छुक

गत महिना एमबाप्पेले पीएसजीसँगको आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका थिए। पीएसजीले एमबाप्पेको निर्णयप्रति निराशा व्यक्त गर्दै उनलाई यो सिजन बेच्ने निर्णय गरेको छ।

यू–१९ को प्रशिक्षक सुनिल, यू–१६ को रवीन्द्र

एन्फाले यू–१६ र यू–१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। रवीन्द्र सिलकार यू–१६ को र सुनिल श्रेष्ठ यू–१९ को मुख्य प्रशिक्षक नियुक्त भए।

एएफसी कप : मछिन्द्रले भित्र्यायो आशिषसहित आठ खेलाडी

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलका लागि चर्च ब्वाइजका आशिष चौधरीसहित आठ नयाँ खेलाडी भित्र्याएको छ।

महिला विश्वकप : अर्जेन्टिनामाथि इटलीको जित

इटलीका लागि वैकल्पिक खेलाडी किस्टियाना गिरेलीले निर्णायक गोल गरिन्।

लगातार दोस्रोपटक पाकिस्तानलाई इमर्जिङ कप

भारतलाई १२८ रनले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रोपटक एसीसी इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।

खस्किँदो महिला फुटबल: राखेप र एन्फाबीच सुल्झिएन प्रशिक्षक विवाद, घरेलु प्रतियोगिता पनि शून्य

राष्ट्रिय महिला टोलीका लागि एन्फा र राखेपले फरक प्रशिक्षक नियुक्त गरेपछि शुरू विवादले फुटबल प्रशिक्षण नै प्रभावित भएको त छ नै, एन्फासँग महिला फुटबललाई उकास्न कुनै घरेलु प्रतियोगितासमेत छैन।

महिला विश्वकप: स्वीडेनको पुनरागमन जित

स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र अमान्ड इलेस्टेडले गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा दक्षिण अफ्रिकाले शुरूआति अग्रता लिएको थियो।

यू–१६ युथ लिगमा खेलाडीको उमेर विवाद : चार क्लबले गरे खेल बहिस्कार

यू–१६ युथ लिग शुरू भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेन्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिबार तय भएका खेल हुन सकेनन्।

नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने 

अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।

यू–१६ लिग : एनआरटीले बढी उमेरका खेलाडी मैदान उतारेको पुष्टि

छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले जनकारी दिए।

महिला विश्वकप : डेब्यू गरेको आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो।

महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी शुरूआत

बिहीबार सम्पन्न उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ।

अन्तिम खेलमा यूएई ए माथि नेपालको जित, कुशल भुर्तेलको 'अलराउन्ड' प्रदर्शन

जारी प्रतियोगिता नेपालको यो पहिलो जित हो। नेपाल यसअघि पाकिस्तान ए सँग ४ र भारतसँग ९ विकेटले पराजित भएको थियो। यूएई भने प्रतियोगितामा जितविहीन भएको छ।