त्रिभुवन आर्मीका लागि खेलको ३९ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरेका थिए। तर ८८औँ मिनेटमा आई लिग क्लब दिल्ली एफसीका लागि गिरिक खोस्लाले गोल फर्काएका थिए।
भारतका विभिन्न ठाउँका 'टोले' प्रतियोगिताका लागि पैसाको लोभमा कतिपय रेफ्री तथा खेलाडी त्यता पुगिरहेका छन्। तर गुणस्तरहीन मैदान, रफ खेल र झगडाको सम्भावनाले जोखिम हुने खेलाडी नै बताउँछन्।
भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ। मछिन्द्रले अब दोस्रो चरणमा मोहन बगानसँग अगस्ट १६ मा खेल्ने छ।
मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा भुटानको पारो एफसीविरुद्ध दुई गोलको अग्रता लिएको छ। मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ।
एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ। दुवै टोली एएफसी कपको दोस्रो चरणमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिँदै छन्।
मछिन्द्रले मंगलबार एएफसी कपको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्दै छ।
नियमित समयमा मेस्सीको २ गोलसँगै मियामी र डालासले ४-४ गोलको बराबरी खेलेका थिए। तर पेनाल्टी सुटआउटमा विजयी हुँदै मियामी क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।
घरेलु स्क्वासको सबैभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ।
ललितपुर किकबक्सिङ संघ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङ्गाउँमा सञ्चालन हुनेछ।
पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्।
मोन्टरियल टाइगर्सलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा शेर्फान रदरफोर्डले लगातार तीन छक्का हान्दै खेल जिताएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ रनको योगदान दिए।
पुलिस क्लबले एन्फा यू–१६ युथ फुटबल लिगमा आर्मीमाथि ६–१ को रबाफिलो जित निकालेको छ।
पारो र मछिन्द्रबीचको खेल साउन २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। उक्त खेल जित्ने टिमले साउन ३१ गते मोहन बगान सुपर जायन्टको सामना गर्नेछ।
दोस्रो क्वालिफायरमा टाइगर्स र नाइट्सबीच शनिबार राति प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार सर्रेसँग खेल्नेछ।
सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्र २००९ मा पारस खड्का कप्तान भएसँगै उपकप्तान नियुक्त भए। 'पारस युग'पछि कप्तान भएका उनी क्यानसँगको विवादले छोटो समयमै बर्खास्तीमा परे।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
जर्मनी रहेको समूह 'एच'बाट कोलम्बिया र मोरक्कोले अन्तिम १६ मा स्थान बनाएका छन्।