AnonymousUser

Logout

मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई हरायो, संकटा र एनआरटीको बराबरी

मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।

खुमलटार भर्सेस चर्च ब्वाइज : रेफ्रीमाथि हातपात, तनावमा सकियो खेल

अञ्जन एक्कासि मैदानमा प्रवेश गरेर रेफ्री प्रज्ज्वलको मुखमा मुक्का प्रहार गरे। झगडा छुट्टाउन सहायक रेफ्री यादव किसन कनैया र हरिस कार्की पनि मैदान प्रवेश गरे। खेल करिब ४५ मिनेट रोकियो।

खुमलटारले भन्यो– रेलिगेसन जोनमा रहेकाको खेल एकै समयमा नभए चर्च ब्वाइजसँग खेल्दैनौँ

खुमलटारले शुक्रबार अन्तिम खेलमा उपाधि जितिसकेको चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तय छ। यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ।

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट हामलाई 

गएराति भएको फाइनलमा वेस्ट हामले इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ।

लिगका १० खेल बाँकी छँदा बल्ल पायो एन्फाले मुख्य प्रायोजक

लक्ष्यअनुसारको टेन्डर नपरेपछि एन्फाले भारतीय कम्पनीको प्रस्ताव अस्वीकार गर्‍यो। त्यसपछि कुनै पनि संघसंस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेका थिएनन्।

अल इतिहाद पुगे बेन्जेमा, भन्छन्– नयाँ चुनौतीका लागि तयार छु

रियलकै पूर्व फरवार्ड क्रिस्ट्रियानो रोनाल्डो अल नासारमा आवद्द छन्। बेन्जेमा पनि साउदी लिगमा थपिएपछि अन्य ठूला खेलाडी पनि लोभिने अनुमान गरिएको छ।

एशियन कप छनोटमा नेपाल म्यानमारसँग पराजित

म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा मंगलबार भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको छ।

चर्च ब्वाइजको चमत्कार: ‘सी’ डिभिजनबाट लगातार उठेर ‘ए’ डिभिजन उपाधि

 २०६६ सालमा स्थापना भएको, त्यसपछि पनि वर्षौंसम्म मोफसलका प्रतियोगितामा केन्द्रित भएको चर्च ब्वाइजले पहिलो सहभागितामै ‘ए’ डिभिजन लिग उपाधि जित्नु चमत्कारभन्दा कम छैन।

डेब्यू लिगमै चर्च ब्वाइजलाई उपाधि, थ्रीस्टारलाई रेलिगेसन डर

नवप्रवेशी क्लब चर्च ब्वाइजले थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ।

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान, प्रशिक्षक मोन्टीको भिसा अझै आएन

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएका हुन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भने भिसा नआएका कारण जान पाएका छैनन्।

अन्तिम खेलमा ला लिगा च्याम्पियन बार्सिलोना पराजित

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना सिजनको अन्तिम खेलमा १३औँ स्थानको सेल्टा भिगोसँग पराजित भएको छ। तर, लिग समाप्तीमा बार्सा दोस्रो स्थानको रियल मड्रिडभन्दा १० अंकले अघि रह्यो।

ए डिभिजन लिग : फ्रेन्ड्सलाई रेलिगेसनको दबाब यथावत्

‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीसँग बराबरीमा रोकिएपछि फ्रेन्ड्सलाई रेलिगेसनको दबाब थपिएको छ।

खुमलटारविरुद्ध जितपछि संकटाको रेलिगेसनबाट जोगिने सम्भावना बलियो

संकटा क्लबले ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। दुई खेल बाँकी रहँदा संकटाले ३० अंक जोडेको छ।

रियलबाट बाहिरिए बेन्जेमा

करिम बेन्जेमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन्।

घरेलु प्रतियोगिता शून्य, लक्ष्य विश्वकपको

एन्फाले आगामी चार वर्षभित्र महिला फुटबलको विश्वकप खेल्ने लक्ष्य राखेको छ, तर त्यसअनुसार कार्ययोजना छैन। महिला फुटबल घरेलु प्रतियोगिताबिहीन छ भने, दुई वर्षदेखि राष्ट्रिय लिग हुन सकेको छैन।

मलेसियाविरुद्धकाे सिरिज नेपाललाई

११० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका सीता रानामगरले सर्वाधिक ३४ रनको योगदान दिइन्। 

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे। 

थ्री स्टार र एपीएफको बराबरी, सातदोबाटोसँग आर्मी पराजित

‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, सिरिज बराबरी

शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ। 

काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपालको टोली घोषणा

काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।