AnonymousUser

Logout

आईपीएलमा मुम्बईको लगातार चौथो जित

मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो। हैदरावादको भने यो छैटाैँ हार हो।

दशरथ रंगशालामा रोबर्टो कार्लोसको ‘फ्रि किक’ (तस्वीरहरू)

जारी नेपाल सुपर लिगका लागि विशेष अतिथिको रूपमा नेपाल आएका फुटबलर कार्लोसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर खेलाडीको हाैसला बढाएका छन्।

प्रधानमन्त्री ओली र फुटबल खेलाडी कार्लोसबीच भेट

प्रधानमन्त्री ओलीले कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे।

डेब्यू म्याचमै ‘जादू’ देखाएका १४ वर्षीय वैभव

सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।

नेपालगन्ज रंगशालामा ६ वर्षपछि खेलकुदको रौनक

बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा सुनसान रहेको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको छ।

च्याम्पियन लिग: रियल मड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा

च्याम्पियन लिगको फाइनल प्रवेशका लागि पीएसजी र आर्सनल तथा बार्सिलोना र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ।

यू१९ विश्वकप एशिया छनोट: नेपालको लगातार तेस्रो जित 

टस हारेर पहिला ब्याटिङमा उत्रिएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।

पीएसजी र बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एस्टन भिल्लासँग ३-२ ले पराजित भए पनि पहिलो लेगको जितले पीएसजी अघि बढ्न सफल रह्यो। 

यू१९ विश्वकप एशिया छनोट : नेपालको लगातार दोस्रो जित

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।

आईपीएल: मुम्बई र बैंग्लुरू विजयी, दिल्ली र राजस्थानले बेहोरे हार

मुम्बईले दिल्ली क्यापिटल्सलाई १२ रनले हरायो भने राजस्थान रोयल्स बैंगलुरूसँग नौ विकेटले पराजित भएको हो।

नेपाल डीएलएस मेथडबाट यूएईमाथि ५ रनले विजयी

आईसीसी यू१९ विश्वकप एशिया छनोटमा नेपालले डीएलएस मेथडबाट यूएईलाई ५ रनले पराजित गरेको छ।

चारदेशीय टी२० शृंखलाको उपाधि कुवेतलाई, नेपाल ३ रनले पराजित

कुवेतसँग ३ रनले पराजित हुँदै नेपाल चारदेशीय टी२०आई शृंखलाको उपविजेतामा सीमित भएको छ।

कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य 

टस हारेर ब्याटिङमा उत्रिएको कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो। कुवेतका ओपनर राभिजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए। 

अभिषेकको शतकमा हैदराबाद विजयी

अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १४१ रन बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्का प्रहार गरेका थिए।

एनएसएलः बराबरी खेल्दै झापा र पोखराले अंक बाँडे

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

चारदेशीय टी२० शृंखलाको फाइनलमा पुग्यो नेपाल

अंकका आधारमा नेपाल हङकङमा जारी चारदेशीय टी२० शृंखलाको फाइनलमा पुगेको छ।

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

महिला विश्वकप एशिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एशिया छनोट क्रिकेटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाइएको छ। 

नेपालसँग कुवेत ६ विकेटले पराजित

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ तथा आशिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए।  

कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।