AnonymousUser

Logout

धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

यू१९ एशिया कप : नेपालसँग अफगानिस्तान १ विकेटले पराजित

 यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।

एनपीएलमा चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।

एनपीएल : पोखरालाई चितवनले दियो १६२ रनको लक्ष्य

एनपीएलको मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ‍।

सुदूरपश्चिमसँग विराटनगर ९० रनले पराजित

१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्र जोड्यो।

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो। 

एनपीएल : चितवनसँग काठमाडाैँ पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडाैँ गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

एनपीएल : चितवन राइनोजलाई काठमाडाैँ गोर्खाजले दियो ११२ रनको लक्ष्य

चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए। 

एनपीएलमा आज दुई वटा खेल हुँदै

पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोजबीच बिहान ९:१५ बाट तथा अर्को खेल दिउँसो १:१५ बाट जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

एशिया कप क्रिकेट: नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित

यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।

दृष्टिविहीन विश्वकप क्रिकेट: नेपाल सेमिफाइनलमा पाकिस्तानसँग पराजित

नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ। 

एनपीएलका आयोजकप्रति दर्शक रुष्ट

दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।

एनपीएलमा जनकपुरको विजयी शुरूआत, विराटनगर ८ विकेटले पराजित

एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ।

विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो। 

जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

एनपीएल शनिबारदेखि, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

मैदानमा दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी र दर्शकलाई ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ।

यू१९ एशिया कपः नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित

नेपाल पुरुष यु१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।

एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

शनिबार शुरू हुने प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रिँदैछन्।

च्याम्पियन्स लिग: लिभरपुलसँग हार्‍यो रियल मड्रिड

एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।

च्याम्पियन्स लिगको शीर्षमा उक्लियो इन्टर, म्यानचेस्टर सिटी रोकियो

म्यानचेस्टर सिटीले फायनउडसँग ३ गोलको अग्रता गुमाउँदै बराबरीमा चित्त बुझाएको छ। सिटी ७४औँ मिनेटसम्म ३–० ले अगाडि थियो।