AnonymousUser

Logout

नेपाललाई जितका लागि १७५ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। 

यू१६ इस्ट जोन कप : विपिन शर्माको कप्तानीमा टोली घोषणा

एसीसी पुरुष यू१६ इस्ट जोन कपका लागि क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ।

स्कटल्यान्डविरुद्ध नेपाल २ विकेटले विजयी

करण केसीले यही खेलमार्फत टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे। करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्।

स्कटल्यान्डविरुद्ध ९८ रनको लक्ष्य पछ्याउँदै नेपाल

घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ।

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो। तेस्रो सुपर ओभरमा भने नेदरल्यान्ड्ले नेपाललाई पराजित गरेको हो। 

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो। 

त्रिदेशीय टी–२० शृंखलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो। यो खेल नेपाली समयानुसार आज साँझ ७ः४५ बजे शुरू हुनेछ।

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो। दक्षिण अफ्रिका न्युजिल्यान्ड र अस्ट्रेलियापछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।

लिग२: नेदरल्यान्ड्समाथि नेपालको लगातार दोस्रो जित

स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। 

एशियन कप छनोट : नेपाल लाओससँग पराजित

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो।

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनायो।

यूईएफए नेसन्स लिग: स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले जित्यो उपाधि

म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।

नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जुलियस र सन्ताेषीलाई नेपाल हेरिटेज रेसको उपाधि

नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। 

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो। स्पेनले अब उपाधिका लागि पोर्चुगलसँग खेल्नेछ।

नेपालसँग नेदरल्यान्ड्स ५ विकेटले पराजित 

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ७८ रनको योगदान दिए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। 

करण केसीः ओडीआईका ‘गेम चेन्जर’

सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्‍याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।

कुशल पुर्जाले जिते अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो। दौडमा ४० जना धावक सहभागी थिए।