AnonymousUser

Logout

एनपीएल दोस्रो संस्करण मंसिरमा

एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।

कीर्तिपुर मैदानमा प्यारापेट निर्माण अन्तिम चरणमा [तस्वीरहरू]

६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।

साफ महिला च्याम्पियनसिप: नेपाल भारतसँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग ७–० गोलअन्तरले पराजित भएको हो।

नेपालको लगातार दोस्रो जित, सोमपालले लिए ५ विकेट

बुधबार भएको आफ्नो पाँचाैं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो।

नेपालले मेलबर्न रेनेगेड्सलाई दियो १४० रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

अस्ट्रेलियामा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

यसअघि लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले मंगलबार आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई ६६ रनले हराउँदै जित हात पारेको हो।

टप एन्ड टी२० सिरिज: हुरिकेन्सलाई नेपालले दियो १८१ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि शुरू भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमा पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ।

एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लजिक र कन्सल्ट्यान्ट टीसीएमलाई विज्ञापन बोर्डको कारबाही

बोर्डले दुवै कम्पनीलाई १०/१० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म विज्ञापन तथा सूचना दिन/लिन, साथै सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाएको छ।

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरूआत

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराउँदै विजयी शुरूआत गरेको छ।

पल्सर स्पोर्ट्स अवार्डको ‘पिपुल्स च्वाइस’ मनोनयन सार्वजनिक

पिपुल्स चोइस अवार्डका लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक भएको छ।

टी२० शृंखलामा नेपाल बांग्लादेश ‘ए’सँग ३२ रनले पराजित

नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। कुशल मल्लले अविजित ५९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

गणितीय ओलम्पियाडमा कांस्य विजेता श्रेयश भन्छन्– ‘प्रशिक्षकको मार्गदर्शन पाए अझै उच्चस्तरमा पुग्थ्यौँ’

अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कांस्य पदक विजेता श्रेयशले अघिल्ला वर्षमा सहभागी भइसकेका विद्यार्थीबाट सिकेर र युट्युब तथा गुगलजस्ता इन्टरनेटका स्रोतलाई मुख्य आधार बनाएर तयारी गरेका थिए।

टप एन्ड टी–२०: नर्दर्न टेरिटोरी स्ट्राइकरसँग नेपाल पराजित

अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० शृंखलामा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकरसँग पराजित भएको छ।

एशिया कप छनोट: उत्तर कोरियासँग पराजित भएसँगै बाहिरियो नेपाल

एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।

एशियन कप छनोट: नेपालसँग साउदी पराजित

थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले पराजित गरेको छ। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।

एमएमए फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपतिले गरे सम्मान

भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।

एनपीएल अक्सनमा १५० खेलाडी छनोट, ८ खेलाडी ‘ए’ श्रेणीमा

एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० खेलाडी छनोट गरिएको हो।

नेपाल सहभागी टप एन्ड टी२० श्रृंखला खेल्ने बांग्लादेश ‘ए’ टोलीको घोषणा

अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।