AnonymousUser

Logout

डेरी सञ्चालन गरेर मासिक ९० हजार कमाइ

सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।

लोडसेडिङ सम्झाउने त्यो मैनबत्ती, शहरी जीवनमा जम्नथालेको यो क्यान्डल

केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्। 

जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

लघुउद्यम गरेर आम्दानी गर्दै आमाहरू

आमा शक्ति महिला लघुउद्यमी समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको छ।

इलामका किसान भन्छन्– किवीभन्दा अलैँचीबाट नै फाइदा

कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।

सागसब्जी र बेर्ना बेचेर वर्षमा २६ लाख कमाउँछन् रेसम

वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

केराखेतीमा रमाएका प्रताप, वार्षिक १० लाखसम्म आम्दानी 

प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।

‘गाउँले एफएम दाइको तरकारी आयो है…’

तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्‍याउँछन्।

हेम्पका सामग्रीः कुनै बेला ‘बोराका कपडा’ भनिन्थ्यो, अहिले बढ्दैछ आकर्षण

गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।

जमघटको नयाँ जङ्क्सन चिया पसल: अनौठा नाम, थरीथरी स्वाद

शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका अर्जुन

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।

जैविक सागसब्जी उत्पादनमा रमाएका लालीगुराँसका महिला

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।

तिहारलाई फूल टिप्न व्यस्त भक्तपुर गुन्डुका किसान [तस्वीरहरू]

मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।

कर्णालीको जडीबुटी संसारलाई चिनाउन कस्सिएका राजेन्द्र

बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।

जडीबुटी बिक्रीबाट जीविका चलाएकी फुपु, मासिक १ लाख ५० हजारसम्म आम्दानी

संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्। 

तेहरानमा ५० वर्ष: इरान इज द बेस्ट! 

अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनी संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगत्‌मा रम्न–रमाउन पाए।

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

फलफूल व्यवसायले फेरियो गीताको जीवन

शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।

मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।

बिदेसिने योजना त्यागेर तरकारी खेतीबाटै दिनको १० हजारसम्म कमाउँदै मुकुन्द

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेँडा बजार लैजाने गरेका छन्। प्रतिकिलो ५० रुपैयाँका दरले गोलभेँडा बजारमा बिक्री हुँदा दैनिक आठदेखि १० हजारसम्म कमाइ हुने उनको भनाइ छ।