कुनै समय घरभान्सामा बिताउने वा परिवार चलाउन तरकारी पसल गर्ने महिला आज उद्यमी भएका छन्। बाध्यतामा सरकारी जागिर छाडेका पनि उद्यमकै कारण चिनिएका छन्। उकालोले खोजेका त्यस्ता तीन महिलाको कथाः
‘आलुको बोटलाई टमाटर भन्ने मान्छेहरू विचौलिया भएका छन्। उनीहरूले नै तरकारीको मूल्य तोकिरहेका छन्। जसका कारण किसानले उत्पादनमा घाटा खाइरहनुपरेको छ।’
कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान नै चलाएको छ।
धनगढी–३ बोराडाँडीका सुरेश विश्वकर्माले वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी जमिन भाडामा लिएर नर्सरी व्यवसाय गर्दै आएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ।
करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।
गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा अहिले विदेशमा पुग्ने गरेको छ। भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने स्थानीय बताउँछन्।
सुरक्षा, कर्पोरेट, प्राज्ञिक, उड्डयन, कलाका साथै विभिन्न निकायका प्रमुख तथा बौद्धिक वृत्तमा पुरुष अनुहार नै बढी देखिन्छ। तर पछिल्लो समय महिलाहरू पनि यी क्षेत्रको नेतृत्व कुशलतापूर्वक सम्हालिरहेका छन्।
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका घोराहीका लोकेन्द्र रोकामगरले दशैँ, तिहारलगायत पर्वका साथै विभिन्न कार्यमा फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताएका छन्।
कोरोनाकालमा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका छन्।
नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग शुरू गरेका थिए।
चन्द्रनगर–५, मोहनपुरका विकिन्द्र सिंह विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्दै आएका छन्। करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरसम्म पुर्याउँछन्।
बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ।
झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।
आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले काठको ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ।
विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।
लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।
बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ।
दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।