मिनाकुमारीले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ।
मध्यविन्दु नगरपालिका–३ का पदमबहादुर मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।
संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका हरेरामलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए।
यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।
मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।
व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा गोपालको छ।
ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।
कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।
सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्।
कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।
वालिङ नगरपालिका–४ का शिव थापाले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। त्यसले फल दिन थालेपछि विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।
तस्वीरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न विभिन्न ठाउँमा पुग्छिन्। तस्वीर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट २०० देखि २५० रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
टेकराजका धेरै साथी रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छाडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।
भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ।
स्वस्थानी, दन्त्यकथा र लोककथालाई चित्रमा उतार्ने साँखुका भूपेन्द्रमान बाल्यकालमा चित्रकारिताको सौख राख्थे। जीवनको सातौँ दशकमा सौख पूरा गर्न थालेका उनले गत माघमा साढे ३ लाखको स्वस्थानी चित्रमाला बेचे।
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्।
अर्थशास्त्रमा स्नातकोत्तर गरी १० वर्ष शिक्षण पेसामा बिताएका याम कार्की गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।
धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंगापुरलगायत देशमा पुग्ने गरेका छन्। त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रुपैयाँ नेपाल भित्र्याइ रहेका छन्।
हिउँदका ६ महिना मात्र इँटा भट्टामा काम हुन्छ। बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन। यसका लागि बर्सेनि मौसमी रूपमा कामदार काठमाडौँ आउने गर्छन्।