मल्लकालीन बस्तीको रैथाने पेसा बिस्तारै संकटमा पर्दै गएकाले कानूनी अंकुश लगाउनुको सट्टा प्रोत्साहन गरिनुपर्ने सरोकारवालाको जोड छ।
शिक्षण छाडेर सन्तोषले मसाज ‘क्लिनिक’मा काम थाले। त्यो पनि छाडेर आठ वर्ष राष्ट्रिय टोलीबाट दृष्टिविहीन क्रिकेट खेल्दा खेलाडी साथीहरूको मसाज गरिदिन्थे। अहिले क्रिकेट चटक्क छाडेर मसाजमै फर्किएका छन्।
मरुभूमिमा उत्पादन भएको बाली देखेर चकित चन्द्रबहादुरले स्वदेशमा ‘सुनै फलाउन’ सकिने सम्भावना देखेर घर फर्के। उत्पादनका लागि सबै पूर्वाधार तयार गरे। तर अब उनीसँग फार्म चलाउने पुँजी छैन।
म्याग्दीको बेनी नगरपालिका–६ का अशोक शाही, वडा नं ८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ का रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जन तथा मौलिकता संरक्षणमा लगाएका हुन्।
बागलुङमा घरमा भन्दा मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने जिम्मा ६० वर्षीय भीमबहादुर विश्वकर्माले लिएका छन्।
साउदीबाट चार वर्षअघि फर्किएका मकरबहादुरले उतैको प्रविधि सिकेर बालुवामाथि माटो राखी तरकारी खेती गर्छन्। उनले अहिले ३० जनालाई रोजगारी दिएका छन्।
कञ्चनपुरका पूरणसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दुर्घटनामा परे। आफै हिँडडुल गर्न नसक्ने भए। त्यसपछि नेपाल फर्किएका उनले गाउँमै ‘सुदूरपश्चिम मसला उद्योग’ खोलेका छन्।
लालसिंहले डडेलधुराको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन्।
बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्स मात्र हुन्छन्, १६ वर्ष एक्लै किचनमा लडेर सेफको ठाउँमा आइपुग्न सफल भएकी छन् भोजकुमारी साह।
ढाका कपडा बुनाइले बेरोजगार, विपन्न, फुर्सदिला महिलाका लागि स्वरोजगारको अवसर सिर्जना गरेको छ।
तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माले घरमै अचार उद्योग स्थापना गरेकी छन्। अचार बिक्रीबाट हुने आम्दानीले परिवारकाे खर्च चलिरहेकाे उनले बताइन्।
कतारले विश्वकपलाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ। कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ट पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् विनोद।
वैदेशिक रोजगारीका लागि खाडी पुगे पनि त्यहाँको आम्दानीले घर चलाउनै मुश्किल हुन थालेपछि पोखरा–२६ लेखनाथका प्रकाश विश्वकर्मा आफ्नै गाउँ फर्किएर परम्परागत आरन पेशा गरिरहेका छन्।