जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।
टोखा चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्।
कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः
गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।
सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।
भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका सिन्धुपाल्चोकका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।
अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो।
युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।
पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।
अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ।
खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।
बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’
परम्परागत रूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन्।
कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।
पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।
पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।
कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।
आर्थिक अभावका कारण धेरै बालबालिका अरूका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य भएका छन्।
बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।