चानसिंह श्रीसले उत्पादन गरेको बिस्कुट खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट प्रमाणित भइसकेपछि बजारमा पुगेको छ। बजारीकरणका लागि पोखरा र काठमाडौँको सुपर मार्केटमा पनि पठाएका छन्।
वीरपाल विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन्। उनले बनाएका भाँडाकुँडा १५ देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
पर्वतमा स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको कृषक शेरपुजाको भनाइ छ।
सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौँका अलावा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ।
'शुरूमा एउटा पढेर अर्कै काम गरियो भनेर निराश हुन्थेँ तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, बिदेसिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु।'
दिक्तेल रुपाकोट मझुवागढी– १५ विजयखर्कका धर्मराज पोखरेलले १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेर १५ वटा कृषि फार्म सञ्चालन गरिरहेका छन्।
दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादवले दूध र दही बिक्री गरेर मासिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।
जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरखेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखरखेती शुरू गरेका छन्।
पोखराबाट नजिकै ‘हाइकिङ’ गरेर एक रात बस्नका लागि पनि यो ठाउँ शान्त र रमणीय छ। बास बसेका पाहुनाहरूलाई खानबस्न सस्तो ‘प्याकेज’ सहित साँझ ‘क्याम्प फायर’को व्यवस्था छ।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।
जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।
टोखा चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्।
कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः
गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।
सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो।
भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका सिन्धुपाल्चोकका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।
अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो।
युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।
पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।
अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।