AnonymousUser

Logout

गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सम्मेलनमा देश तथा विदेशबाट समेत गरी ५०० भन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहनेछ।

‘बदनाम’ राराब क्याम्पस: चिट चोर्ने र चोराउनेको साँठगाँठ, प्रमाणपत्रका लागि भर्ना

जनकपुरधामको राराब क्याम्पसमा न भर्ना भएको विद्यार्थी नियमित हुन्छन्, न शिक्षक नै कक्षाकोठामा भेटिन्छन्। विद्यार्थी संगठन र प्रशासन 'दाहिना' भएपछि परीक्षा दिने विद्यार्थी उत्तीर्ण भइहाल्छन्।

काठमाडौँ उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, हैरान छन् गुरुहरू

काठमाडौँका ११ विद्यालयका भवन करिब १४ महिनामा हस्तान्तरण गर्ने गरी निर्माण थालिएको साढे ३ वर्ष भइसकेको छ। तर ठेकेदार कम्पनीको लापरबाहीले विद्यार्थी जोखिममा र शिक्षकहरू समस्यामा छन्।

चिसोले बिरामी पर्न थाले ढोरपाटनका विद्यार्थी

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहान तुसारो पर्ने र दिउँसो सिरेटो चल्दा विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।

जनकपुरमा छात्रवृत्तिका विद्यार्थीसँग असुली, फिर्ताको निर्देशनपछि विद्यालय बन्द घोषणा

निजी विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि रकम असुलेपछि जनकपुरधाम उपमहानगरले त्यसलाई रोक्न पत्र पठाएको विरोधमा पठनपाठन बन्द गरेका कारण यहाँका करिब ३५ हजार विद्यार्थी तीन दिनदेखि घरैमा छन्।

गण्डकी विश्वविद्यालयमा कानून अध्यापनः पाठ्यक्रम नै स्वीकृत छैन

कुनै पनि शैक्षिक संस्थाले कानून विषय पढाउन बार काउन्सिलबाट पाठ्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्थालाई गण्डकी विश्वविद्यालयले अटेरी गरेको छ। उक्त विश्वविद्यालयमा अहिले १६० जना स्नातक तह पढिरहेका छन्।

संस्कृत पढाउने ११५ वर्ष पुरानो विद्यालयः आधुनिक पाठ्यक्रम, गुरुकुल शैली

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा संस्कृतसँगै प्राविधिक र अन्य विषय पनि पढाइन्छ। तर छात्रावासमा संस्कृत पढ्ने विद्यार्थी मात्र बस्छन् र उनीहरूले पढाइसँगै आम्दानी पनि गरिरहेका छन्।

काठमाडौँ महानगरको ‘फेस्टिभ क्याम्प’: विद्यार्थीलाई प्रयोगात्मक अभ्यास मेला

अधिकांश सामुदायिक विद्यालय दशैँ र तिहारबीच बिदा हुने भएपछि त्यो समयलाई सदुपयोग गर्न काठमाडौँ महानगरपालिकाले कक्षा १० का विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास ‘क्याम्प’ चलाएको छ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ।

छात्रवृत्ति पाएका विद्यार्थीसँग मनोमानी शुल्क, जनकपुरधाम उपमहानगरबाट अनुगमन न कारबाही

जनकपुरधाम उपमहानगरले निजी विद्यालयमा कक्षा ११ र १२ पढ्न छात्रवृत्तिका लागि परीक्षा लिएरै विद्यार्थी छनोट गरेर पठाउँछ। तर ती विद्यार्थीसँग समेत पूरै शुल्क लिइरहँदा मेयर भन्छन्– निजी विद्यालयले टेरेनन्।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

त्रिविमा २०५८ यता भर्ना भएकाहरूले मौका परीक्षा दिन पाउने

त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गरिने पनि त्रिविले जनाएको छ।

एक्लै विधान संशोधन गरेर यसरी गरियो हरिखेतान सामुदायिक क्याम्पस ‘कब्जा’

वीरगन्जको हरिखेतान क्याम्पसमा तीन वर्षका लागि २०७५ असार १ गते सञ्चालक समिति अध्यक्ष भएका प्रेमप्रकाश खेतानले आफ्नो मात्र हस्ताक्षरले विधान संशोधन गरेर आफैलाई अध्यक्षमा निरन्तरता दिइरहेका छन्।

विद्यालय तहमै पढाइँदै कोरियन भाषा, के छ नीतिगत व्यवस्था?

वैदेशिक रोजगारीमा कोरिया जाने क्रम बढेसँगै यसको प्रभाव विद्यालयको पाठ्यक्रममा पनि देखिएको छ। पछिल्लो समय केही विद्यालयले कक्षागत पाठ्यक्रममै समावेश गरेर कोरियन भाषा सिकाइरहेका छन्।

फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

स्नातकमा ‘हेरिटेज कन्जर्भेसन’ पढाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालय र आरपी फाउन्डेसन फर कन्जर्भेसनको संयुक्त सहकार्यमा आगामी नोभेम्बरदेखि स्नातक तहमा ‘हेरिटेज कन्जर्भेसन’ अध्यापन हुने भएको छ। 

त्रिविमा सुरक्षा विवादः भएको के हो, किन भइरहेको छ?

त्रिवि पदाधिकारीलाई धम्की दिइएको भनेर शिक्षामन्त्रीले नै सामाजिक सञ्जालमा लेखेपछि यो विषय विवादित बन्यो। तर त्रिवि पदाधिकारी र प्राध्यापकमाथि अभद्र व्यवहार अहिले मात्र हुन थालेको होइन।

भोजपुर नगरपालिकाले बनायो स्थानीय पाठ्यपुस्तक

स्थानीय पाठ्यक्रमभित्र कुन विषय पठनपाठन गराउने भन्ने अन्योलमा रहेका शिक्षकलाई अब सहज हुने नगरपालिकाले जनाएको छ।

मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’

सानो छाप्रोबाट शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन्।

‘मौलिकता संरक्षणको चुनौतीमा हिमाली बौद्ध शिक्षा’

विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ।