AnonymousUser

Logout

एसईई आजदेखि, ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै 

पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

‘होम सेन्टर’ नपर्ने गरी कक्षा ८ को परीक्षा लिँदै काठमाडौँ महानगर

विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयः सत्ता र संस्थापनको द्वन्द्वमा उपकुलपति छनोट

विश्वविद्यालयका संस्थापक पदाधिकारी र सत्तारूढ दलले आ-आफ्ना मान्छेलाई उपकुलपति बनाउन खोजिरहेका छन्। यही स्वार्थको द्वन्द्वले उपकुलपति नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ।

केआईआईटीको ‘मार्केटिङ’मा निजी क्याम्पस र पढिरहेका विद्यार्थी प्रयोग, ५० हजार कमिसन

केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली भर्ना हुन्छन्। कन्सल्टेन्सीबाहेक निजी क्याम्पस र त्यहीँ पढिरहेका विद्यार्थीले भर्ना सिफारिस गर्दा कमिसन पाउँछन्। कसरी पुग्छन् नेपाली विद्यार्थी केआईआईटी?

मधेश कृषि विश्वविद्यालयमाथि राजनीति: ६ महिनादेखि कर्मचारी तलबविहीन, पढाइ ठप्प

जसपा र जनमतले पार्टीका अध्यक्षहरूको स्वार्थमा मधेश कृषि विश्वविद्यालयमाथि राजनीति गर्दा स्नातकको नयाँ भर्ना नै रोकिएको छ। सतिशकुमार सिंह मुख्यमन्त्री भएसँगै विश्वविद्यालय संकटतर्फ धकेलिइरहेको हो।

साझा प्रकाशन: कमाउँछ वार्षिक २ करोड, खर्च हुन्छ ५ करोड

स्थापनाकालदेखि ३५ शाखामार्फत सेवा दिँदै आएको र चार सयभन्दा बढी कर्मचारी रहने साझा प्रकाशन अहिले खुम्चिएर १३ वटा शाखा र ६७ जना कर्मचारीमा सीमित छ।

कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

कर्णालीका दुई हजार ९३१ सामुदायिक विद्यालयमा १७ हजार ३८४ जना शिक्षकको दरबन्दी रहेकामा ११ हजार ८६५ मात्र कार्यरत छन्। 

केयू भीसी छनोट समिति संयोजकमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई पत्र

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका सात जना उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।

बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारत जाँदा उनीहरूको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षाक्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

केयूमा उपकुलपति नियुक्ति विवादले देखाएको विकृतिः स्वार्थ समूहको द्वन्द्व, दलीय राजनीतिको घनचक्कर

धुलिखेल अस्पतालसँगको विवाद र राजनीतिक खिचातानीका कारण काठमाडौँ विश्वविद्यालयले आफ्नो साख मात्र गुमाउँदै छैन, भविष्यको बाटो पनि अलमलमा छ। कसको कारण ‘बदनाम’ हुँदैछ केयू?

छात्रवृत्ति नदिन जनकपुर उद्योग वाणिज्य संघ 'बिचौलिया', निजी विद्यालयलाई उपमहानगरको पनि साथ

जनकपुरधाम उपमहानगरले परीक्षा लिएरै छात्रवृत्तिका लागि छनोट गरी पठाएका विद्यार्थीसँग निजी विद्यालयले शुल्क लिन पाउने निर्णय उपमहानगरकै शिक्षा विभाग प्रमुख नेतृत्वको समितिले गरेको छ।

सुल्झियो काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद

नयाँ सम्झौता नहुन्जेल दुवै संस्थाको सहकार्यको दैनिकी सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ।

९ वर्षमा विश्वविद्यालय पढ्नयोग्य १२ लाख विद्यार्थी कहाँ गए?

पछिल्लो ९ वर्षमा कक्षा १२ उत्तीर्ण भएपछि नेपालका शैक्षिक संस्था नपुगेका लाखौँ विद्यार्थी कहाँ गए भन्ने अध्ययन भएको छैन। ‘हराउने’को संख्या बर्सेनि थपिइरहँदा कतिपय क्याम्पसमा विद्यार्थीको संकट छ।

सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्न ‘टिचर कलेज कार्यक्रम’

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाको समयमा ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागेको छ।

कहाँ ‘हराए’ दुई वर्षमा विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी?

स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?

भृकुटीमण्डपमा पुस्तक मेला (तस्वीरहरू)

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारतलगायतका देशका प्रकाशक, उत्पादक तथा वितरकको पनि सहभागिता छ। 

उच्च शिक्षामा महिलाको पहुँच बढाउन मधेशमा छोरीलाई छात्रवृत्ति

प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको छ। उच्चशिक्षा पढ्न यसपालि तोकिएका चार समूहभित्रका ६०० छात्राले यो अवसर पाउने छन्।

त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधिका १२२ जना विद्यार्थी दीक्षित भएका छन्।

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद मिलाउन सहजीकरण समिति गठन

आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी काठमाडौँ विश्वविद्यालयले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै धुलिखेल अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो।

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ।