AnonymousUser

Logout

भट्टचनलाई हिरासतमुक्त गर्न जब सरकारी वकिल नै लागे

सीआईबीले पक्राउ गरेका प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनलाई पाँचौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराउनुसाटो हाजिरी जमानीमा छाड्न सरकारी वकिलको कार्यालय नै सक्रिय भएको खुलेको छ।

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, मंसिर ७ गते पेसी

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ।

काम नगर्ने २५ रुग्ण सडक ठेक्का तोडियो

ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि आगजनीका कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सुचारु भएको हो।

के हो डेडिकेटेड र ट्रंकलाइन महसुलको ७ वर्ष लामो विवाद?

दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ २०७३ सालको तिहारबाट मुख्य शहरहरूमा र २०७५ वैशाखबाट देशभर समाप्त भएको घोषणा भयो। तर लोडसेडिङमा उद्योगहरूलाई दिइएको अतिरिक्त सुविधाको महसुल विवादले अहिलेसम्म छाडेको छैन।

कर्णालीमा कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय

कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाभ्ने निर्णय गरेको छ।

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न प्रहरीले आग्रह गरेको छ।

दिनभर मौसम सफा रहने, तापक्रम घट्ने क्रम भने जारी

आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।

निर्वाचन आचारसंहिता मस्यौदा: मनोनयनपत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरिएको छ।

आयोगले सार्वजनिक गर्‍यो प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन कार्यक्रम

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ

नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ।

कलैया खानेपानी डिभिजनका तत्कालीन निमित्त प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा दायर

बोलपत्रमा मिलेमतो आरोपमा अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निर्वाचन आयोगमा १२२ दल कायम, २८ नयाँ दलको निवेदन विचाराधीन

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणायता आइतबारसम्म सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई १२२ राजनीतिक दल कायम रहेको जानकारी दिए।

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्लाई सिफारिस

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार सरकारले निर्वाचनको तयारी र सुरक्षा चुनौतीबारे छलफल गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गर्ने भएको छ।

हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोग ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट मागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गरेको छ।

मधेश प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ता कार्यालयमार्फत गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा प्रदेश प्रमुखको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालयबाट गर्न आदेश दिएको छ।

हात्तीको बथान झापा प्रवेश, सचेत रहन वन कार्यालयको आग्रह

डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

मालढुंगा–बेनी सडक मंसिर २० गतेसम्म दैनिक ७ घण्टा बन्द हुने

मालढुंगा–बेनी सडक म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने र चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ।

कोदोको बिस्कुटको माग उच्च, पाउरोटी पनि बनाउने तयारी

कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ। माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्।