सीआईबीको टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।
काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
आइतबार मध्यान्ह १२:९ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।
सुक्खा मौसम शुरू भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्रहरीले काठमाडौँबाट रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ।
दुर्घटनापछि स्कुटरमा सवार दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मन्थली नगरपालिका–९, पुरानागाउँमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
विभागका स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका कारण आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको संख्या दैनिक ३० को हाराहारीमा पुगेको छ।
लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग। बीचबीचमा भेटिने अनुपम झरना र हिमशृंखलाले पर्यटकलाई आकर्षित गर्छन्।
निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट हुँदा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
एनपीएलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले कर्णालीलाई तीन विकेटले पराजित गर्यो।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली काठमाडौँ उपत्यकाका तारे होटलबाट शुरू गरी विमान कम्पनी, ट्राभल्स एजेन्सी, मनी एक्सचेन्जर हुँदै अन्य सार्वजनिक तथा निजी सेवामा क्रमशः लागू गरिने अध्यागमन विभागले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नयाँ मतदाता बढेकाले म्यादी प्रहरीको संख्या बढ्न सक्ने बताएका छन्।
अनुसन्धान र अभियोजन दुवै अधिकार भएको अख्तियारले अधिकार दुरुपयोग गर्दा वास्तविक दोषीले उन्मुक्ति मात्र पाइरहेका छैनन्, कतिपय निर्दोषले ज्यानसमेत फालिरहेका छन्। तर किन दोहोरिइरहन्छ उही कमजोरी?
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए।
काठमाडौँ उपत्यकामा सार्वजनिक कुकुरको व्यवस्थापन चुनौती बन्दा मोटरसाइकल र पैदलयात्री जोखिममा परिरहेका छन्। तर स्थानीय तहले बन्ध्याकरणबाहेक व्यवस्थापनका अन्य उपाय पहिचान गर्नै सकेका छैनन्।