AnonymousUser

Logout

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

गोठाला र वस्तुभाउसँगै पर्यटकका कारण चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान छ। अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्।

चितवनमा जिप दुर्घटना: १ जनाको मृत्यु, २ घाइते

फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मनसुनमा औसतभन्दा बढी वर्षा, गत वर्षभन्दा कम क्षति

मनसुनको शुरूआतमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो। सरकारले मधेश प्रदेशलाई साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

अर्घाखाँची सिमेन्टको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रङ्कलाइन महसुलसम्बन्धी विवादमा अर्घाखाँची सिमेन्टले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

‘उज्यालो नेपाल पार्टी’ले आयोगमा बुझायो अद्यावधिक विवरण

ऊर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा गठित 'उज्यालो नेपाल पार्टी'ले निर्वाचन आयोगमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ।

गोरुसिंगे–सन्धिखर्क सडक ६ घण्टा बन्द हुने

सडक मर्मत तथा स्तरोन्नतिका लागि गोरुसिंगे सन्धिखर्क सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ।

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले संवैधानिक प्रश्न उठेको जनाउँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।

त्रिविको जग्गा फिर्ता प्रक्रियामा प्रधानमन्त्रीले मागिन् प्रगति विवरण

प्रधानमन्त्री कार्कीले अपचलनमा परेको त्रिविको जग्गा खोजबिन प्रतिवेदन कार्यान्वयनको प्रगतिबारे जिज्ञासा राख्दै आगामी प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो व्यक्त गरिन्।

नियमनकारी निकाय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवन अभाव

सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भुइँतलामा रहेको केन्द्रलाई मन्त्रालयले कार्यालय स्थानान्तरण गर्न पटकपटक आग्रह गरिरहेको छ। साथै, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा केन्द्रको कामकाज नै प्रभावित भएको छ।

गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा

गिरीबन्धुको झन्डै ३४४ बिघा जमिनमध्ये १०० बिघाको हिस्सा लिएर मलहोत्रा पनि स्मार्ट सिटी तथा हाउजिङसहितको व्यावसायिक प्रयोजनमा जोडिएका थिए।

मुगुमा ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ।

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

मुस्ताङमा रहेको कोरला नाकादेखि कैलाश मानसरोवर ३०० किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा छ।

मधेश प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्ण सिफारिस, भण्डारी पदमुक्त

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की

कार्कीले बिहीबारदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी नियमावलीको अहिलेकै व्यवस्था कायम रहे उनी करिब २८ महिना प्रहरी नेतृत्वमा रहने छन्।

डोल्पाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु, चितवनबाट विज्ञ टोली बोलाइयो

हात्तीको बारम्बारको जंगल प्रवेश र राजमार्गमा निस्कने क्रमका कारण पथलैया–निजगढ सडकखण्डमा दिनभर यातायात प्रभावित भएको छ।

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

नजिकै भैरहवा विमानस्थल हुँदा पनि किन भारत डाइभर्ट हुन्छन् अन्तर्राष्ट्रिय विमान?

भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरी रातभर होल्ड हुनुपर्दा यात्रु र चालक दलको व्यवस्थापन र उडानअघिको इन्जिनियरिङ सुविधाको सुनिश्चितता नभएकाले विदेशी विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्।

मधेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरको तयारी

मधेश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ प्रदेश सांसदको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने तयारीमा रहेको बताएका छन्।

प्रहरी कार्यालय आगजनी आरोपमा झापाबाट १० जना पक्राउ

झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दमकबाट चार र बिर्तामोडबाट ६ गरी दश जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।