AnonymousUser

Logout

जेन–जी प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले चोटपटकको आधारमा ४ प्रकारमा विभाजन गरेको हो।

अस्पतालहरूले मापदण्ड पालन नगर्दा पार्किङकै झमेला

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डले अस्पतालमा सेवाग्राहीका लागि पर्याप्त पार्किङ हुनुपर्ने व्यवस्था गरे पनि देशकै ठूला सरकारी अस्पतालहरूमा बिरामी र आफन्तले झमेला बेहोरिरहेका छन्।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

रवि र छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट सक्कल प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।

जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार

सर्वोच्चले ऐन संशोधन अध्यादेश आएर निष्क्रिय भइसकेको अवस्थामा साबिककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने भन्दै जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार गरेको छ।

प्रधानमन्त्रीले सरोकारवालासँग गरिन् अन्तर्निर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

प्रधानमन्त्री कार्कीले परम्परागत निर्वाचन प्रणालीमा सुधार नभए जेन-जी आन्दोलनको अर्थ नहुने भन्दै निर्वाचन प्रक्रियामा सन्देशयुक्त सुधारको आवश्यकतामा जोड दिइन्।

हेटौँडाबाट ठूलो परिणामको ट्रामाडोलसहित ५ जना पक्राउ

प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रतिबन्धित लागुपदार्थ ट्रामाडोल ८ हजार ३०० क्याप्सुलसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मधेशका सभामुख मण्डलविरुद्ध प्रदेशसभामा प्रस्ताव दर्ता

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलका ६४ सांसदले मधेश प्रदेशसभामा ‘पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गराएका छन्।

प्रधानमन्त्रीले मागिन् जेनजी आन्दोलनबाट भएको क्षतिको एकीकृत विवरण

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य निकायमा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको एकीकृत विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

गड्डाचौकी–अत्तरिया सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न अनुगमन

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरियालाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभागले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ।

स्काउटको लैनचौरस्थित जग्गामा बनाइएका अनधिकृत संरचना काठमाडौँ महानगरले भत्कायो

नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।

आजदेखि सेवानिवृत्त भएका आईजीपी खापुङलाई विदेश जान रोक

साथै, खापुङले काठमाडाैँ उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्नेछ।

प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ

‘भ्रष्टाचार नियन्त्रण र सुशासन बहाली’को नारासहित भएको जेन–जी आन्दोलनको जगमा गठित सरकारले भ्रष्टाचार नियन्त्रणमा धेरैथोक गर्नै पर्दैन, प्रधानमन्त्री मातहतको सतर्कता केन्द्रलाई चलायमान बनाए पुग्छ।

कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। जग्गामा खड्का ल्यान्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, 'माई च्वाइस' नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ।

कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

लस्ती–बेनी खण्ड मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

ती शिक्षिकाले भारतको विहार संस्कृत शिक्षाबोर्डबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएकी थिइन्।

सदर चिडियाखानामा कालो रङको चितुवा

इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि अवलोकनका लागि चिडियाखानामा राखिएको हो।

सिन्धुलीमा सवारी दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

निगममा करार–ज्यालादारी कर्मचारी ६०० जना, हटाइयो ६ जनालाई

करार र ज्यालादारी कर्मचारीको संख्या उल्लेख्य रहे पनि प्राथमिकता हेरिकन सरकारको निर्देशनअनुसार प्रक्रियागत रूपमा कटौती गर्दै लगिने निगमले जनाएको छ।