म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।
हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिबाना गरेको छ।
प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका २ जनामाथि ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
मालढुंगा–बलेवा खण्डको काम २ वर्षमा सक्नेगरी खड्का कृष्ण बीएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपिएको म्यादसमेत मंसिर मसान्तमा सकिँदैछ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशले थुनामुक्त भएका छन्।
अख्तियारले विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आइतबार साँझ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
जनकपुर–ढल्केवर सडकखण्डमा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएल क्रिकेट प्रतियोगितामा अवैध अनलाइन सट्टाबाजी गराएको आरोपमा आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीनवटै सुरक्षा निकायका लागि आवश्यक ३२७ सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दी क्षेत्रबाट राजमार्गको स्थायी पुनर्निर्माण भइरहेको छ।
शनिबार राति भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको मोटरसाइकलले सडकको छेउमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिएको थियो।
आगो नियन्त्रणका लागि विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिनका साथै १३ राउन्ड गोलीसमेत बरामद गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन दुवैमा भाग लिने औपचारिक निर्णय गरेको हो।
र्यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन रोकिएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियार रहेका छन्।