AnonymousUser

Logout

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन्।

सिमरामा एमाले कार्यकर्ता र जेन–जी समूहबीच झडप, विमानस्थल आसपास कर्फ्यु

एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतलगायत नेता सिमरा आउन लागेको थाहा पाएपछि जेन–जीको समूह उनीहरूलाई रोक्न विमानस्थल पुगेको थियो।

खेलाडीको उपचार गर्ने अस्पताल निर्माणबारे अध्ययन गर्न कार्यदल गठन

डा. अभिषेक राज सिंह संयोजक रहेको कार्यदलमा डा. घनश्याम पाण्डे सदस्य र खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रशासकीय अधिकृत दोवे तामाङ सचिव रहेका छन्।

ताप्लेजुङको मिक्वाखोलामा आगलागी, ४ घर जले

आगलागीबाट स्थानीय विष्णुप्रसाद साँवा, राजकुमार साँवा, अनिल साँवा र इन्द्रकुमार साँवाको घर जलेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए।

घुसको रकमसहित नापी कार्यालयका २ कर्मचारी पक्राउ

नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मधेशका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा अवलम्बन गरिने संसदीय प्रक्रियाको मूल्यमान्यताविपरीत कुनै पनि कार्य नगर्नसमेत भनेको छ।

छिटो राहदानी बनाइदिने भन्दै ठगी गर्ने ८ विचौलिया पक्राउ

छिटो राहदानी बनाइदिने भन्दै विश्वासमा पारी अतिरिक्त रकम असुल्ने र हैरानी दिने तथा कर्मचारीको कामकाजमा समेत अवरोध पुर्‍याएको भन्दै प्रहरीले आठ जना विचौलियालाई पक्राउ गरेको छ।

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखामा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जेनजी प्रदर्शनका २ हजार ४२९ घाइतेलाई राहत दिइने, मुस्ताङ पदयात्राको दस्तुर हेरफेर

प्रकाशजंग केसीको संयोजकत्वमा 'नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२' गठन गर्ने निर्णय भएको पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

हाजिरीमा सीमित छन् फिर्ता बोलाइका राजदूत

सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरीमा सीमित छन्।

कृषिका नाममा अराजकताः सरकारी अनुदान कुम्ल्याउने, योजना भताभुंग छाडिदिने

किसानको जीवनस्तर उकास्न सरकारी अनुदानमा शुरू भएका योजना कसरी राज्यकोषको पैसा दुरुपयोग र अपचलन गर्ने माध्यम मात्र बने भन्ने बाँकेमा अलपत्र परेका कृषि संरचनाले छर्लङ्ग पार्छन्।

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

सोमबार राति भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई/मधेशका २१ जिल्ला प्रभावित हुनसक्ने अनुमान गरेको छ।

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

उनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अधिकृतका रूपमा नियुक्त गरिएको हो।

कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही अन्य भागमा मौसम सफा रहने

महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

एनपीएल क्रिकेट: आज ४ टोली मैदानमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

दुर्गा प्रसाईं पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने गरेर अभिव्यक्ति दिएको लगायत गतिविधि गरेको भन्दै पक्राउ गरिएको अधिकारीले बताए।

पाँच प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिन एक दर्जन दलले दिए दर्ताको निवेदन

आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि, हालै एकता घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टीसहित एक दर्जन राजनीतिक दलले पहिलो दिन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेका छन्।