५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्।
अपराह्नपछि तराईका केही स्थानमा पनि हावाहुरीसँगै वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
५० हजार घुससहित जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय पक्राउ परेका छन्।
प्रहरीले कीर्ते गरी तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७ औँ वार्षिक साधारणसभा शुरू भएको छ।
नेपालगन्जबाट दैलेख गइरहेको ट्रक गुराँस गाउँपालिका–३ तालपोखरीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको विमानमा क्षमताभन्दा बढी सामान र पुरुषलाई महिला यात्रुका रूपमा यात्रा गराएको पाइएपछि चालकसहित ७ जना निलम्बनमा परेका छन्।
प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्।
काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।
बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।
घर बहालका समस्या समाधानका लागि महानगरले घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
दुर्घटनामा भजनी नगरपालिका–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको छ।
मंगलबार दिउँसो पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
निर्माणसम्बन्धी मापदण्ड विपरीत उपत्यकामा बग्ने खोला, खोल्सी र राजकुलो छोपेर सडक, पार्किङस्थल मात्र नभई घर नै बनाउँदा पनि न कारबाही भएको छ, न त काठमाडौँ महानगरले यस्ता निर्माण रोक्न नै सकेको छ।
कोशी प्रदेश नामकरण भएपछि असन्तुष्ट समूहबाट विरोध, धर्ना र जुलुस हुँदा सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही स्थानलाई निषेधित क्षेत्र घोषित गरेको छ।
चालक तथा यात्रुले ट्राफिक नियम नमान्दा धेरै दुर्घटना हुने गरेका छन्। यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकामा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुँदै छन्। दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको छ।
पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।