सामुदायिक रेडियो प्रसारक संघको कार्यसमितिसँग भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगसम्म पुग्ने भएकाले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने सामग्री प्रसारण गर्न सुझाव दिए।
प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित भएका छन्। सोही क्रममा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।
मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको दुर्घटनामा सुनसरीका सागर चौधरी, अर्जुन चौधरी र मोरङका लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रको जग्गा कब्जा गरी बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन छ।
राति कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ताकेता गरेकी छन्।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको छ।
तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषभन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशतले कम रहेको बताएका छन्।
नेपालमा अझै तीन लाख परिवार शौचालयको पहुँचबाहिर रहेका छन्। जनगणना २०६८ मा ३८.२ प्रतिशत परिवारमा शौचालयको पहुँच पुग्न सकेको थिएन।
खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन्।
सबैभन्दा बढी काठमाडौँको जनसंख्या २० लाख ४१ हजार ५८७ र कम मनाङको जनसंख्या ५ हजार ६५८ जना छ।
जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ।
विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
ताम्राकार नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)मा १७५ रुपैयाँको जागिर छाडेर १२५ रुपैयाँ तलबमा २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी थिइन्।
दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसँगै वर्षाको सम्भावना छ।
उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने दुई र एटीसीसँग अश्लील शब्द बोल्ने एक हेलिकप्टर पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले 'ग्राउन्डेड' गरेको छ।
खेलमा सट्टेबाजी गर्न प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेका उनीहरूले विभिन्न समयमा सट्टेबाजी गराएर झन्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई सेना के कति चाहिन्छ, त्यसको निर्धाण सरकारले गर्ने बताएका छन्।
२०४२ सालमा भएको डाँका मुद्दाका दोषीलाई सप्तरी जिल्ला अदालतले ६१ वर्ष चार महिना १९ दिनको कैद सजाय सुनाएको छ। त्यही घटनाका दोषी ठानेर प्रहरीले रामफललाई पटकपटक पक्राउ गर्ने गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमन्दिरको जग्गा हिनामिना सम्बन्धमा उपलब्ध गराएको सूचना टालटुले रहेको बताएकी छन्।