प्रि–मनसुन चलिरहेकाले थप केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
भौगोलिक रूपमा विकट, छरिएका, सार्वजनिक सेवा सुविधा पुर्याउन कठिन र विपद्को उच्च जोखिममा रहेका बस्तीलाई एकीकृत गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने चलन छ।
बेपत्ता पारिएका चन्द्रप्रसादलाई सरकारले शहीदको मान्यता दिएपछि मृत घोषणा भएको ठानेर आफूहरूले कुशको शव बनाई अन्तिम संस्कार गरेको छोरा कृष्णउदास बताउँछन्।
मिटरब्याज असुलीको आरोप लागेका सप्तरीका सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको सप्तरी प्रहरीले जनाएको छ।
सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग सहमति गरेको दुई दिनपछि अर्को टोली काठमाडौँ आएर आन्दोलन शुरू गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा हुनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।
मिटरब्याज पीडितको समस्या अहिले पनि समाधान नभए कहिल्यै नहुने प्रधानमन्त्री दाहालले बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका छन्।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।
सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङहित वर्षाको सम्भावना छ। हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
सरकारी टोलीले 'टालटुले प्रस्ताव'मा सम्झौता गराएर तत्काललाई आन्दोलन रोक्न खोजेको पीडितका तर्फबाट वार्तामा सहभागीहरूको भनाइ छ। स्थायी समाधानको सहमति नभएसम्म आफूहरूले काठमाडौँ नछाड्ने पीडित बताउँछन्।
'काठमाडौँले न्याय दिन्छ भन्ने सुनेका थियौँ। न्याय दिन सकिँदैन भने हामीलाई बरु यहीँ मार्नु, तर हामी यत्तिकै फर्कँदैनौँ।'
सिर्सिया नदी दुर्गन्धित बनाउने पाँच उद्योगलाई तीन लाखका दरले जरिबाना गरिएको छ भने स्थानीय तहले अन्य उद्योगलाई पनि कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका छन्।
दिउँसो पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा साँझपख हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मिटरब्याजका पीडितहरू हरेकको अलग–अलग पीडा छ। कसैले कोभिडको लकडाउनमा बच्चाको उपचार गर्न ऋण लिएका थिए भने कोहीले वैदेशिक रोजगारमा जान। यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।
रोजगारीका अवसर नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नु, शिक्षा र स्वास्थ्यको राम्रो प्रबन्ध नहुनुलगायत कारणले जनसंख्या घट्दो क्रममा रहेको बागलुङको जैमिनी नगरपालिकाले जनाएको छ।