पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ।
दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनका क्रममा पहिचानवादी र प्रहरीबीच झडप भएको छ।
आफू सरकारमा हुँदा मिटरब्याज पीडितको मागलाई प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न ठूलो समस्या नरहेको लामिछानले बताएका छन्।
यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका छन्।
हावाहुरी र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बर्दिबासबाट पैदलयात्रा गरेर १२ दिनमा काठमाडौँको खुलामञ्च आइपुगेका मिटरब्याज पीडितहरूलाई नगरप्रहरीले गेटमा नै रोक्यो। भित्र धर्ना बस्न नपाएपछि उनीहरूले खुलामञ्चको गेटमा नै रात बिताउने बताएका छन्।
खुल्लामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र काठमाडौँ महानगरका नगरप्रहरीबीच धकेलाधकेल भएको छ।
पक्राउ परेका भूमि अभियन्तालाई निःशर्त रिहा गर्न माग गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध सोमबार विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधिश माधवप्रसाद घिमिरेको इजलासमा रहेको मुद्दाको पेशी सन्दीपका वकिलहरूले निवेदन दिएर स्थगित गरेका हुन्।
सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।
मिटरब्याज समस्या समाधानका लागि बनाइएको कार्यदलको सिफारिस बमोजिम छानबिनको जिम्मा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ। तर कानून अभावमा प्रहरीले छलफल गराउनेबाहेक कुनै कारबाही गर्न सकेन।
इन्जिनियरका रूपमा काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले परीक्षा लिन शुरू गरिएको काउन्सिलका सदस्यसचिव शिवमंगल गिरीले बताएका छन्।
गृहसचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा जोड दिएका छन्।
कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
तुलसीपुरबाट रुकुमपश्चिमको खौलासम्म अधिकांश स्थानमा सडक बिग्रिएको छ। स्तरोन्नतिको जिम्मा पाएका ठेकेदारले समयमा काम गरेका छैनन्।
वर्षा र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।