AnonymousUser

Logout

पार्क मासेर शौचालय बनाउन पोखरा महानगरले गरेको सम्झौता विवादमा

शौचालय निर्माणमा स्वार्थ बाझिएको भन्दै अदालत गएका स्थानीय युवा अभियन्ता अनिल थापाले सार्वजनिक शौचालय निर्माणको विषय स्वागतयोग्य भए पनि तेस्रो पक्ष खडा गरेर महानगरले संशय पैदा गराएको बताउँछन्।

१०० किलो सुन तस्करी प्रकरण अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीलाई, राजस्व अनुसन्धान विभागले बुझायाे सबै विवरण

विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।

काठमाडौँको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबुछोरीको मृत्यु, आमा घाइते

अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो। 

भारतमा कार दुर्घटना: एकै परिवारका ६ नेपालीको मृत्यु

भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।

उत्तराखण्ड पहिरोमा १९ जना बेपत्ता भएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।

भारत उत्तराखण्डमा पहिरो: जुम्लाका एकै परिवारका ६ सहित ११ जना बेपत्ता 

केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्। 

लम्पी स्किन महामारी: खोटाङमा ७३६ गाई/गोरु मरे, ५०० भन्दा बढी बिरामी

लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।

कैदीलाई सरुवा गर्न खोज्दा झापा कारागारमा हुलदंगा

मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

आँखा पाक्ने समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।

काठमाडौँ महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’

काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ।

दोलखा पहिरो: बेपत्ता बालकको शव भेटियो, ३ जनाको खोजी जारी

गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।

१०० किलो सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई

हङकङबाट आएको १०० किलो सुनको तस्करी संगठित र अन्तरदेशीय अपराधसँग जोडिएकाले अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निष्कर्षमा सरकार पुगेको हो।

दोलखाको गौरीशंकरमा पहिरोले बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए। 

शुक्रबार यी प्रदेशमा हुँदैछ भारी वर्षा

कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

सामाखुसी खोलामा बगेका बालकको शव दक्षिणकालीमा भेटियो

काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

मन्त्रिपरिषद्ले गर्‍यो सार्वजनिक संस्थान सुझाव समितिको म्याद थपसहित १६ निर्णय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गर्नेसहित सरकारले विभिन्न १६ निर्णय गरेको छ।

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडासचिवलाई कारबाही गर्न सिफारिस

वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।

बालबालिकाको गुनासो– कक्षाकोठा जलमग्न छन्, कसरी पढ्ने?’

कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। गतहप्ता हावाहुरीले बाँकी भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको छ।