काठमाडौँ भित्रिने प्रमुख सडक नारायणगढ–मुग्लिनखण्ड आइतबार बिहानदेखि अवरुद्ध छ। उक्त सडकखण्ड केही दिनदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।
पहिरोका कारण मानवीय क्षति नभए पनि गाउँका पुल, पानीघट्ट, खेती, खानेपानीलगायत भौतिक संरचना बगाएको गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताए।
अपांगतामैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाइएको छ। माग सुनुवाइ नभए आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ।
यसवर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित दिवस मनाइँदैछ।
हाल कोशी, बागमती र मधेशका पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ।
क्यानोनिङ खेल्ने क्रममा लडेर घाइते भएकी पोखरा २६ बूढीबजारकी अञ्जिता भण्डारीलाई मनिपाल शिक्षण अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको छ।
मन्त्री महतोले बाघ, हात्तीलगायत वन्यजन्तुका लागि वासस्थानमै उचित खानपानको व्यवस्था गर्ने विषयमा वन्यजन्तुका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले लगानी गर्नुपर्ने बताए।
१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। रोकथामका लागि दीर्घकालीन योजना नहुँदा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।
शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ। मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्।
कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
सप्तरीमा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ। तीमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ पीडितले साहुलाई तिराएका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट जिपसहित चालक बेपत्ता भएको छ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ७ महिना पुग्न लागिसकेको छ। संसद्को यो अवधि केवल एक थान कानून निर्माणमै व्यतीत भएको छ।
काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।