AnonymousUser

Logout

पहिरोसँगै खसेको ढुंगाले लागेर प्रहरी जवानको मृत्यु

भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवान कीर्तिबहादुर नेपालीको हेटौँडा अस्पताल उपचारका क्रममा मृत्यु भएको छ।

भोजपुरमा पहिरोले पुरिएर १ जनाको मृत्यु

बिहीबार परिवारसँग निगुरो टिप्न घर नजिकैको जंगल गएका तामाङलाई करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो।

भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध, पहाडी जिल्लामा खाद्यान्न अभाव

कैलालीको गोदावरी–४ भावरमा पहिरोले सडक बगाएपछि भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ।

बेनी–जोमसोम–कोरला सडक आइतबारदेखि ५ दिन बन्द हुने

सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

तीनबुँदे सहमतिपछि खहरे खोलामा चल्यो डोजर

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबीच तीनबुँदे सहमति भएसँगै कपनस्थित खहरे खोलामा डोजर चलेको छ।

नीति नहुँदा कृषि क्षेत्रमा समस्या आयो: मन्त्री भुसाल

कृषिमन्त्री भुसालले सरकारले कृषि क्षेत्रका नीतिगत रूपमा देखिएको समस्यालाई समाधान गर्न कृषिनीति बनाउने तयारी गरेको बताए।

प्रहरीद्वारा ५२ लाख नक्कली नोटसहित ९ जना पक्राउ

प्रहरीले काठमाडौँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ।

सुन व्यापारी राजेश अडुकियाका छोरा विमानस्थलबाट पक्राउ

सुन व्यापारी राजेश अडुकियाका छोरा रोहनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सुन तस्करी प्रकरण: थप २ चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। सीआईबीले बिहीबार सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जनालाई पक्राउ गरेको थियो।

भजनी र टीकापुरमा डुबान: खोइ दीर्घकालीन समाधान? 

कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकामा बाढी र डुबानको जोखिम उच्च छ। भजनीमा मात्रै एक हजार ८२२ परिवार विस्थापित भएका छन्। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सुनील शर्माको त्यो विवादित पृष्ठभूमि, हिरासत पुगेपछि पनि पछ्याइरह्यो

७ वर्षअघिको प्रहरी अनुसन्धानबाटै शर्माको आइएस्सीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो। बिहीबार पक्राउ परेपछि उनले सुनकाण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेर अनशन बस्ने चेतावनी दिएका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार चिकित्सक पक्राउ

सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनील शर्मासहित विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत पाँच जना चिकित्सकलाई पक्राउ गरेको छ।

सुनील शर्मासँगै १५ डाक्टर पक्रने तयारीमा थियो सीआईबी, नक्कली सर्टिफिकेटबाट पढेका थिए एमबीबीएस

सीआईबीले बिहीबार अपराह्न पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मासँगै थप १४ जना डाक्टरलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो।

कैलालीका बाढीपीडितको सडकमा बास

उद्धारकर्ता खेमराज पाण्डे बाढीका कारण विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बढी समस्या भइरहेको बताउँछन्।

कांग्रेस सांसद पक्राउबारे सभामुखलाई जानकारी छैन: सचिवालय

सांसद शर्मा पक्राउबारे सभामुख घिमिरेलाई अहिलेसम्म कुनै जानकारी नदिइएको उनको सचिवालयले जनाएको छ।

भक्तपुर–नगरकोट सडकखण्ड : १० वर्षमा नवौँ पटक म्याद थप, सास्ती खेप्दै स्थानीय‍

प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै ओहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन।

यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकको प्रदर्शन

निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर प्रदर्शन गरेका छन्।