AnonymousUser

Logout

डेढ अर्ब चलखेल भएको मल किन्ने ‘फास्ट ट्रयाक’ प्रक्रिया : विधि मिचियो, मल समयमा आएन

धान रोपाइँको सिजन अगावै भित्र्याउने लक्ष्यसहित 'फास्ट ट्रयाक'मा कृषि मन्त्रालयबाट साल्ट ट्रेडिङले एकलौटी खरिद गर्ने जिम्मा पाएको मल देशभर रोपाइँ सकिन लाग्दा पनि आउन बाँकी नै छ। 

सेनामा जागिर लगाइदिने भन्दै १५ लाख ठगी, ८ जना पक्राउ

पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

बागमती र गण्डकीमा भारी वर्षा तथा तराईमा हावाहुरीको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

५ वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्ने एमके अग्रवालः को हुन्, कसरी उम्किन्छन्?

साढे ३३ किलो सुन–काण्ड अनुसन्धान गर्न सरकारले बनाएको समितिले ‘एमके’ भनिने मोहनकुमार अग्रवालको समूहले पाँच वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो। तर उनी कारबाहीको दायरामै आएनन्।

कुवेत जान लिएको ऋण विचौलियाले खाइदिए, अहिले हिरासतबाटै धम्की दिन्छन्– ‘पैसा तिर्दिनँ’

वैदेशिक रोजगारीमा कुवेत जानका लागि वीरगन्जका अफरोज मियाँ र तुफान अलिले २ लाख ५० हजारका दरले बुझाएको रकम त फिर्ता पाएका छैनन् नै, पैसा उठाउन तीन महिनादेखि काठमाडौँ बस्दा अर्को १ लाख पनि सकिएको छ।

कस्तो छ बुधबारको मौसम?

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

राजनीतिक ‘कनेक्सन’ देखिन थालेपछि रोकिएको थियो साढे ३३ किलो सुन–काण्डको अनुसन्धान

६ वर्षअघिको चर्चित साढे ३३ किलो सुन–काण्ड के थियो? तस्करी भएको सुनसमेत फेला नपर्दै त्यसबेला यो प्रकरणको अनुसन्धान कसरी र किन रोकियो?

सामाखुसीमा भए जस्ता घटना नदोहोरिने गरी काम गर्न संसदीय समितिको निर्देशन

पूर्वाधार विकास समितिले भौगर्भिक अध्ययन नगरी नदी किनारमा बस्ती नबसाल्न, काठमाडौँ उपत्यकाका खोलानालाको सफाइ गर्न पनि सरोकार भएका निकायलाई निर्देशन दिएको छ।

कालीगण्डकी करिडोर: वर्षौंदेखि अलपत्र आयोजना

निर्माण भएको लामो समयसम्म पनि कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडकमा सहज रूपले सवारी चल्न सकेका छैनन्। धुलो र हिलोका साथै सडक साँघुरो हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको छ। 

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

डेंगी संक्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६ जनामा डेंगीको संक्रमण देखिएको छ।

‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण? 

त्रिभुवन विमानस्थलबाट ‘इलेक्ट्रिक सिगरेट’ भित्र राखेर ल्याइएको, तर भन्सारको गोदामबाटै गायब पारिएको ९ केजी सुन तस्करीमा मुछिएका कृष्णबहादुर महराका बाबुछोरालाई अनुसन्धानको दायरामै ल्याइएन।

समिट अपार्टमेन्टका लागि नक्सामा रहेको गोरेटो बाटोलाई ६ मिटर बनाइदिँदै ललितपुर महानगर

छिमेकका घरहरू भत्किनेगरी भएको समिट अपार्टमेन्ट निर्माणको विवाद र कानूनी अड्चन नसुल्झिँदै उसको सुविधाका लागि गोरेटो बाटोलाई ६ मिटर चौडा बनाइदिन ललितपुर महानगर नै लागिपरेको छ।

माग पूरा नभए साउन २९ देखि अनशन बस्ने डा. गोविन्द केसीको घोषणा

डा. गोविन्द केसीले सीटीईभीटीको सिट निर्धारण र भर्नासम्बन्धी निर्णय खारेज, दोषी पदाधिकारीलाई बर्खास्तलगायत माग साउन २९ गतेभित्र पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएका छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा बाढी पहिरोको चेतावनी

कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेश तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको हुँदा बाढी र पहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सुन तस्कर छुटाउन मन्त्रिपरिषद् नै थियो सक्रिय, छानबिन समितिमाथि अर्थमन्त्रीको दबाब

सुन तस्करीबारे तत्कालीन संसदीय समितिको छानबिन प्रतिवेदन खोतल्दा तस्करीका प्रवृत्ति र पात्र फेरिएको देखिन्न। विडम्बना, प्रजातन्त्र, शाही शासनदेखि गणतन्त्रसम्म पनि उनीहरू कारबाहीको दायरामा आएनन्।

१०० किलो सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन लेखा समितिको ध्यानाकर्षण

लेखा समितिको आइतबारको बैठकले सुन तस्करी प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

तीन दिनमा दिन सकिने स्मार्ट लाइसेन्स लिन एक–डेढ वर्ष किन कुर्न लगाउँछ सरकार?

वैदेशिक रोजगारीमा जानेलाई यातायात व्यवस्था विभागले ‘इमर्जेन्सी’का नाममा तीन दिनमै स्मार्ट लाइसेन्स दिने गरेको छ। तर सर्वसाधारणले नियमित प्रक्रिया पूरा गर्दा एकदेखि डेढ वर्षमा मात्र लाइसेन्स पाउँछन्।

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा

आयोगले पुरीविरुद्ध एक करोड चार लाख तीन हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ। 

टोखामा भेटियो तस्करले सुन भारत पठाउनुअघि प्रशोधन गर्ने कारखाना

टोखाको कारखानामा ‘ब्रेक शू’बाट सुन निकालेर प्रशोधन गरिएको प्रमाण भेटिएको र त्यसक्रममा सुन गाल्ने ठूलो मेसिन फेला परेको विभाग स्रोतले जनाएको छ।