जिल्ला न्यायाधीश भुवन गिरीले सम्बन्धविच्छेद भइसकेको भन्दै ढाँटेर आफूसँग बिहे गरेको बताउने उनी भन्छिन्- श्रृंखलाबद्ध रूपमा कुटपिट, जबर्जस्ती करणी र गर्भपतनसमेत गराए, प्रहरीले जाहेरी लिएन।
सरकारले व्यवसायी चन्द्र ढकालको लगानी रहेको जाल्पादेवी केबलकार कम्पनीलाई कैलालीको राष्ट्रिय वन क्षेत्रमा केबलकार सञ्चालनका लागि जग्गा दिने निर्णय गरेको छ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भएको छलफलमा १० दिनभित्र महाकाली नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको छ।
मन्त्री श्रेष्ठले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षामा नेपालले गरेका कामका आधारमा नेपाललाई चाँडै कालोसूचीबाट हटाउने विश्वास व्यक्त गरे।
काठमाडौँ महानगर दिवस एक साता विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ।
अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ महानगरपालिकाले आफ्नाे कार्यालय परिसर नियमित सफा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएकाे छ।
नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
भारतले निर्माण गरिरहेको तटबन्धका कारण उत्पन्न विवादप्रति ध्यानाकर्षण र समस्या समाधानको पहल गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
शंकर पोखरेल नेतृत्वको सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको अर्थमन्त्री कृष्णध्वज खड्काले बताएका छन्।
कालीकोटकाे खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
भारतले दार्चुलास्थित महाकाली नदीमा नेपालतर्फ पानी पठाइ तटबन्ध बनाउन खोजेपछि दुवैपक्षबीच ढुंगा हानाहान भएको छ।
सरकारले आईएमई समूहका चन्द्र ढकालको सिक्लेस अन्नपूर्ण केबलकार निर्माणका लागि स्वीकृति दिइसकेको छ।
दुई दशकअघि बीपी उद्यान बनाउन दिइएको जग्गामा व्यापार चलिरहेकै बेला वीरगन्ज महानगरले समेत सशुल्क पार्किङ बनाउन ठेक्का दिएपछि उच्च अदालतले उद्यान निर्माणबाहेक काममा रोक लगाएको छ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की माया लुहारको हत्या आरोपमा २२ वर्षीय भरतराम कोली पक्राउ गरेका छन्।
सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना हुँदा मृत्यु भएकाे छ।
राणाकालमै बनेको र तत्कालीन काठमाडौँ नगरपालिकाबाट नक्सापास भएको गौशाला/धर्मशालामा डोजर चलाउने प्रयास गर्ने पशुपति विकास कोषका सदस्य-सचिव मिलन थापालाई पर्यटन मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।
काठमाडौँमा अव्यवस्थित रूपमा बसोबास गरेकाहरूलाई हटाउन विषयलाई लिएर काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच टकराब बढेको छ।
हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताए।