सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको छ।
विराटनगर– स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँ नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो। उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी हुन्।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार मोटरसाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो। सोधखोज गर्दा रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको उनले बताए।
रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ। मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको रकमसहित मानिसहरू पक्राउ पर्ने क्रम केही सातायता बढेको छ।
त्यस्तो रकम हुन्डी कारोबारमा संलग्न हुनेले ओसारपसार गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ। हुन्डी कारोबारीले यसअघि विराटनगरमा एकजना बालकलाई समेत रकम ओसारपसारमा प्रयोग गरेको भेटिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
