AnonymousUser

Logout

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।

भ्रष्टाचार र संगठित अपराधविरुद्ध खबरदारी गर्दै नागरिक आन्दोलन 

ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले  बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।

महाकालीको जलसतह खतराको तहभन्दा माथि, कञ्चनपुरको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री दाहालको भनाइ थियो।

पर्यटकीय हब ठमेल पस्दापस्दै आँखा बिझाउने सञ्चय कोष भवन (भिडियो)

पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।

सार्वजनिक रूपमा प्रश्न उठेपछि अध्यागमनका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।

बुधबार साँझ खुलेको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि पाएका छैनन्।

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ६ जनाको मृत्यु

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।

पहिरोको जोखिममा छाप्राक, बस्ती स्थानान्तरण गरिदिन गाउँलेको माग

स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत  दिएका छन्।

देशभर चट्याङसहित वर्षाको सम्भावना

बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर, विद्यार्थीलाई बढी समस्या

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएको छ।

पोखरा जाँदै गरेको बस त्रिशूलीमा दुर्घटना: ८ जनाको मृत्यु, ८ घाइते

काठमाडौँबाट पोखरा जाँदै गरेको बस बुधबार सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो। 

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो, थप विवरण आउन बाँकी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहरा नजिकबाट त्रिशूलीमा खसेको वडाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए। उनका अनुसार बसमा कति जना सवार थिए भन्ने खुलेको छैन। 

हुप्सेकोटका पहिरोपीडित २ वर्षदेखि टहरामा

२०७८ असार २४ गतेको पहिरोले विस्थापित भएका १८ परिवारको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन। उनीहरू सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्।  

पर्यटनमन्त्री किराँतीलाई पितृशोक

१४ वर्षदेखि पक्षाघातका बिरामी रहेका हर्कबहादुरको उपचारका क्रममा बुधबार बिहान पौने ५ बजे वीर अस्पतालमा निधन भएको छ।

बाल सुधार गृह अपडेट: फरारमध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन

जबरजस्ती अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृहमा ल्याइएका रामेछापको मन्थली–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा शुरू भएको घटनाले सोमबार भयावह रूप लिएको थियो।