झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन। पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।
कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। दोस्रो पटक थपिएको सम्झौताको म्याद २०८१ साउनसम्म रहेको भए पनि काम सन्तोषजनक हुन सकेको छैन।
दिउँसो, लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिव नियुक्त गरेका छन्।
खानेपानीमन्त्री यादवले मेलम्चीसहितका राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।
सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्ने लगायतका समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्।
काठमाडौँ जिल्ला अदालतले बाँसबारीको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई मंगलबारपछि हाजिर जमानीमा छाड्न भनेको छ। के यसले अनुसन्धानमा प्रभाव पार्छ?
माइतिघरको निषेधाज्ञापछि आन्दोलनकारीहरू विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए।
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरूआत गरेको छ।
पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन आदि सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरू हुन्।
अहिले पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
लामिछानेसहितका व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै सहकारी पीडितले पूरक जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ।
विधेयक दर्ता भएपछि नागरिकले सुझाव दिन सक्ने र त्यस्ता सुझावलाई दफावार छलफलका क्रममा विचार गर्न सक्ने व्यवस्थाका साथै समितिले विधेयकमाथि दफावार छलफल ६ महिनाभित्र गरी सक्नुपर्ने प्रस्ताव गरिएको छ।
सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले आरती साहका भाइ र आमालाई नियन्त्रणमा लिएको छ।
चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ।
सहजताका लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ।
फिनल्यान्डभर कूल १७ हजार वटा मौसम पूर्वानुमान केन्द्र सञ्चालनमा छन्। आफ्नै भूउपग्रह पनि सञ्चालनमा छ।
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए।