धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो।
बुधबार राति २ बजे काठमाडौँको थापागाउँस्थित पुलहाउस बाहिरबाट गायक राईसहित आठ जना पक्राउ परेका हुन्। राईको समूहले मापसे गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार माइतीघरको विकल्पमा आन्दोलनकारीहरूको लागि खुलामञ्च उपलब्ध गराउने तयारीसहितको छलफल गृह मन्त्रालयमा चलिरहेको छ।
राज्यका कुनै पनि उच्च पदमा नियुक्ति गरिँदा स्वार्थको द्वन्द्व नहुने र सुशासनमा खलल नपर्ने कुरा सुनिश्चित गरिनुपर्ने टीआई-नेपालको आधिकारिक धारणा छ।
सुख्खा बढेसँगै भएका आगलागी र डढेलोका कारण तीन महिनामै ४२ जनाको आगोमा जलेर मृत्यु भएको छ। आगलागीबाट सबैभन्दा बढी जोखिममा बालबालिका परेका छन्।
उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको हो।
काठमाडौँ उपत्यकामा घरबेटीले गर्ने व्यवहारले अधिकांश डेरावाल हैरान हुन्छन्। तिनैका बीच केही यस्ता अनुहार पनि छन्, जसलाई डेरावालले औधी रुचाएका छन्।
सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए।
नेपाल प्रहरीका तल्ला पदहरूमा रिक्त दरबन्दी परिपूर्तिका लागि आह्वान गरिने दरखास्तमा परिरहेको बाक्लो आवेदनले चुलिँदो बेरोजगारीसँगै अरू धेरै पाटा उजागर गर्छ।
पक्राउ परेकामध्ये झापाका केदार चौधरीले ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ देखि २० लाख रुपैयाँसम्म लिएर ६ करोड रुपैयाँ ठगेको आरोप छ।
एक्यापका प्रमुख डा. रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको बताए। उनका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’को भ्रमण गर्छन्।
बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी एक महिलाको मृत्यु भएको छ।
खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा भेटिएका छन्।
डढेलोले वन विनाशसँगै धुवाँले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको डिभिजन वन कार्यालय प्रमुख चन्द्रमणि सापकोटाले बताउँछन्।
वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्।
पुरानो निर्णय र सर्वोच्च अदालतको आदेशको अवज्ञा हुने गरी फेवा किनारमा वसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने निर्णयबाट पोखरा महानगर पछि हटेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
ठूला ट्रक भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन्।