AnonymousUser

Logout

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रका ३६७ जनशक्ति परिचालन

सशस्त्र प्रहरी बल नेपालले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारमा दक्ष जनशक्ति परिचालन गरेको छ भने अन्य युनिटहरूबाट समेत फौज परिचालनका लागि तयारी हालतमा राखिएको जनाएको छ।

भूकम्पका कारण ठाउँ–ठाउँमा पहिरो, आवतजावतमा समस्या

पहिरोका कारण रुकुम पश्चिमको कालेखोलास्थित सडकमा अवरोध भएको छ। यद्यपि, यसले घाइतेको उद्धारमा भने समस्या नभएको प्रहरीले जनाएको छ।

भूकम्प अपडेट: १३३ जनाको मृत्यु, १८५ घाइते

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ। 

‘भागेर धन्न बाचेँ’

भूकम्प गएको बेला हामी भर्खर निदाएका थियौँ। एक्कासि घर हल्लाउन थाल्यो। सबै जना उठेर कराउन थाले। करिब पाँच सेकेन्डको धक्काले सबै ध्वस्त बनायो।

सेना भन्छ– प्रभावित क्षेत्रमा खोज र उद्धार तीव्र बनाएका छौँ, ४ मेडिकल टिम परिचालित छ

शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

जाजरकोट भूकम्प पीडितको राहत कोषमा कांग्रेसले ५० लाख दिने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्तिमार्फत सहयोगको घोषणा गरेका हुन्। 

नालगाडका ७ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

घाइतेको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

वीर र एपीएफ अस्पतालका १३ जना स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रतर्फ

रुकुम पश्चिमको भूकम्पमा परी घाइते भएकाको उपचार गर्न वीर अस्पताल र सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालका १३ जना स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। 

जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै मोदीले भने– सहयोग गर्न तयार छौँ

नेपाली जनताको दुःखको बेला साथमा रहेको र हरसम्भव सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ छ।

भूकम्प पीडितको उपचार लथालिङ्‌ग, घाइतेहरू उपचारको खोजीमा जाजरकोट छोड्दै

भूकम्पलगायत प्राकृतिक प्रकोपमा परी घाइते भएकाको उपचारको पूर्वतयारीमा सरकार नजुट्दा जाजरकोटमा भूकम्प गएको ९ घण्टा बितिसक्दा पनि घाइतेहरूको कहाँ कसरी र कसले उपचार गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।

भूकम्प अपडेट: रुकुम पश्चिममा मृत्यु भएका ३६ मध्ये २७ को सनाखत

भूकम्पमा परेर मृत्यु हुनेमा धेरै बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

भूकम्पबाट जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। 

भूकम्प अपडेट: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि, १४० घाइते

भूकम्पबाट जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन्। 

सेनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ

भूकम्प प्रभावितको खोज, उद्धार र उपचार व्यवस्थाका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री दाहाल त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ।

भूकम्प अपडेट: जाजरकोटमा उपमेयरसहित ३५ जनाको मृत्यु, ८ गम्भीर

२१ जना घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लगिएको छ।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा ३६ जनाभन्दा धेरैको मृत्यु

जाजरकोटको रामिडाँडा आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु 

गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए।  

चिनीको कालोबजारी रोक्न प्रहरीका सम्पूर्ण इकाइ परिचालन, कृत्रिम अभावबारे सूचना दिन आग्रह

तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी कडायतले बताए।

जनकपुरधाममा जनप्रतिनिधिको रमिताः मेयरसँग ‘स्वार्थ नमिल्ने’ कर्मचारी जथाभावी सरूवा गरिँदै

गैरकानूनी गतिविधिको 'गोपनीयता' भंग हुने डरले मेयर र प्रशासकीय अधिकृतले मनपरी सरूवा गरेको उपमहानगरका कर्मचारीहरू बताउँछन्। अवैधानिक बिदाको हिसाबकिताब माग्दा उनीहरू आफूमाथि जाइलागेको मेयर साहको दाबी छ।

विमानस्थलमै झगडा गर्ने २ पाइलट निलम्बित

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका शाह र श्रेष्ठबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो।