AnonymousUser

Logout

झापामा अस्पतालको शौचालयबाट कैदी फरार

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका २४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको शौचालयबाट फरार भएका हुन्।

सवारीसाधन दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विश्वबैंकको अध्ययनअनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति हुने गरेको छ।

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

तेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खस्यो 

भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ।

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो।

जापानिज इन्सेफ्लाइटिस‍्बाट १४ जनाको मृत्यु

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिको परीक्षणका क्रममा अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिस‍्को संक्रमण देखिएको छ।

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सुचारु

अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काठमाडौँका सामुदायिक कुकुरको आहारा : फोहोर र पशुसेवकहरूको भर (भिडियो कथा)

काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।

बागलुङमा घर भत्काउने क्रममा च्यापिएर १ जनाको मृत्यु, ११ घाइते

बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

अव्यवस्थित शालिक सार्ने निर्णय कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापनमा सकस

पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।

सुदूरपश्चिम सरकारले बजेट सोमबार सार्वजनिक गर्ने

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।

दाउरा संकलनका क्रममा महाकालीमा बगेर १ जनाको मृत्यु, १ बेपत्ता

दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विद्यालयको आफ्नै छात्रावास, जग्गा भाडामा लिएर तरकारी खेती

छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ। 

ठेकेदारको लापरबाहीले बनेन धुलिखेल–खावा सडक 

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो। अनलाइन मतका आधारमा छानिने आइकनमा पालिकाप्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा परेका थिए।

‘देशको पूर्वाधार निर्माण जोखिमपूर्ण बाटोमा’

राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार परियोजनालाई प्रवेश दिन सरकारी पक्षले अनैतिक र गैरजिम्मेवार कार्यशैली अपनाएको भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन्।

सरकारले कृषि सुधारका लागि करिब ९ अर्ब ऋण लिने

सरकारले विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयन गर्न एडीबीबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली पनि गठन गरेको छ।

मितेरी सहकारी ठगी प्रकरणः डेढ वर्षअघि नै भएको थियो साढे १२ करोड अनियमितताको ठहर

कांग्रेस उपसभापति धनराज गुरुङले डिभोर्सपछि पनि आफ्नो नाममा रहेको घर/जग्गा धितोमा राखेर दुवै जनाले लिएको ऋण तिरेको संस्थाबाट प्राप्त विवरणले देखाउँछ।