मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारीचालकले गुनासो गरेका छन्।
सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर राय–परामर्शका लागि शुक्रबार अर्थमा पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए।
अमेरिकी पर्यटकलाई लिएर जंगल यात्रामा भएका वरिष्ठ नेचर गाइड ठाकुरबाबा नगरपालिका–९ बर्दियाका मनमोहन चौधरीको मृत्यु भएको हो।
बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव शुक्रबार बिहान फेला परेको छ।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ।
कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।
बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्गका सडक अवरुद्ध हुँदा यात्रु बीचमै अलपत्र परेका छन्। दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी पस्दा किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ।
मन्त्रिपरिषद् बैठकले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि डीडीसीलाई ६० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्।
पोखरा बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।
शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।
बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।
राहतका लागि सरकारबाट घोषणा भएर भुक्तान हुन बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि द्वन्द्वपीडित संघले गरेको छ।
एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै भोजपुरका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन्।
सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।
कटारी नगरपालिका–१० वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी ४० वर्षीया निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुसको शव बिहीबार बिहान पसलमा भेटिएको हो।
बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। तर उद्घाटन भएको २४ घण्टा नबित्दै सुनसान भएको छ।
बाढीले तहसनहस सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माणका लागि पासाङल्हामु गाउँपालिकाले ७ करोड १० लाख छुट्याइसकेको छ। संघीय सरकारले पीडितलाई प्रतिपरिवार १५ हजार दिँदा गाउँपालिकाले ५० हजार रुपैयाँ दिएको छ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।