AnonymousUser

Logout

मेलम्चीको भ्रष्टाचारमा दोषी ठहर भएकाहरूलाई ८ वर्ष कैद सजाय

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई आठ वर्ष कैद सजाय निर्धारण गरेको छ।

सशस्त्र प्रहरीको रासन भत्ता: कुकुरभन्दा पनि थोरै, २०३ रुपैयाँले पुर्‍याउनुपर्छ दुईछाक खाना र नास्ता

सुरक्षाकर्मीको दैनिक खान्कीका लागि छुट्याइने रासन भत्ता कति हुन्छ? काठमाडौँमा कार्यरत सशस्त्र प्रहरीहरूले पाउने दैनिक २०३ रुपैयाँ रासन भत्ता सोही संगठनमा कुकुरलाई छुट्याइएको रासन भत्ताभन्दा पनि कम हो।

नेपाल–बांग्लादेशबीच विद्युत् व्यापार सम्झौताको अनिश्चितता लम्बिँदै 

नेपालसँग हुन लागेको द्विपक्षीय विद्युत् खरिदबिक्री सम्झौताको अनिश्चितता बांग्लादेशको राजनीतिक परिवर्तनले लम्ब्याएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बांग्लादेश बिजुली बेच्ने तयारी छ।

छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखे अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन या अस्वीकृत गर्न आवश्यक पर्ने दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन हुन पुगेको छ।

उच्च गर्मीपछि महोत्तरीको मनराशिशवाका विद्यालयमा ६ दिन बिदा

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिनका लागि बिदा दिने निर्णय गरिएको मनराशिशवाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्यो

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बढेको बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको बताए।

हिरासत कक्षबाट ८ थुनुवा फरार

थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएका हुन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१० दिने चीन भ्रमण छोट्याएर सोमबारै फर्किँदै रास्वपाका नेताहरूको टोली

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा शनिबार १० दिने चीन भ्रमणमा गएको रास्वपा नेताहरूको टोली भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्किन लागेको छ।  

ताइवानी संस्थालाई गुरुयोजना विपरीत लुम्बिनीमा जग्गा

लुम्बिनी विकास कोषले ताइवानमा दर्ता भएको चुजी फाउन्डेसनलाई प्राविधिक विद्यालय बनाउन जग्गा दिएको विषयले विवाद निम्त्याएको छ। अध्ययन समितिले उपयुक्त ठहर्‍याएपछि मात्र जग्गा दिइएको कोषको दाबी छ।

हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगी संक्रमण

कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए। 

सहकारी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिबाट कारबाही सिफारिस गरिएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामेछापमा बलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइयो

रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

व्यवसायी दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ।

बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

किन आवश्यक छ रेस्टुराँमा परिकार बनिरहेका अरिंगालको संरक्षण?

विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

मह किसानका समस्या अध्ययन गर्न सरकारले बनायो समिति

समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।

मानव–वन्यजन्तु द्वन्द्व घटाउने योजना तयार पार्दै लुम्बिनी

वन्यजन्तुको सुरक्षित वासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए।

पोखरामा १ महिनामा ६ गुणाले बढे डेंगी संक्रमित

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।