पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ।
बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।
बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ। अन्य २९ जना बेपत्ता रहेको र १४२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।
सरकारले अविरल वर्षा कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिँदा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएकाहरू अहिले आ–आफ्नो सरसामान स्याहार्न जुटिरहेका छन्। उनीहरू आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन्।
नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
विपद्बाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो तथा डुबानमा परी शुक्रबारयता २०० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले बढेर २५०८.८६ को विन्दुमा कायम भएको छ भने कारोबार रकम पौने चार अर्बमा खुम्चिएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी पनि भइरहेको जानकारी दिए।
आइतबारबाट पानी पर्न रोकिएसँगै नख्खु खोला करिडोर आसपासका बासिन्दा घर सफा गर्न, बाँचेका सरसामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ।
धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार गर्ने निर्णय गरेको छ।
यी दृश्यले देशकै राजधानीमा फोहोर व्यवस्थापनको अवस्थालाई छर्लंगै पारेको छ।
सरकारले विपद्बाट भएको क्षतिको मूल्यांकन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण संकलन गर्ने भएको छ।
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने तीन वटा सडक सञ्चालनमा आएका छन्। यस्तै, झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक एकतर्फी खुलेको छ।
हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।