रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।
गत वर्ष भूकम्पमा घाइते शरीर लिएर बाँचेका चिउरीवासीलाई अझै बासकै चिन्ता छ। सद्दे पुरुष कोही काम खोज्दै कालापहाड पुगेका छन्, कोही जाने योजनामा।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई आठ वर्ष कैद, तीन करोड ४२ लाख बिगो र सोही बराबर जरिबाना निर्धारण गरेको छ।
प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि पोखराबाट काठमाडौँ ल्याएको छ।
कालिका गाउँपालिका–१ ग्राङका एक स्थानीयको घरमा विद्युत् सट भई लागेको आगोले सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ।
केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।
बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।
सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो।
प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।
मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।
त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिंकर सडक सामरिक महत्त्व बोकेको सडक हो। तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन सकेको छैन।
खोटाङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए।
सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ।
बेथानाचोक गाउँपालिका–३ का बाढीपहिरो प्रभावित स्थानीयले सुरक्षित बासस्थानसहितका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
पृथक् भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले मुस्ताङमा विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्।
ठेकेदारले २०७५ जेठभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेका थिए। त्यसयता पाँच पटक म्याद थपिएको छ। अन्तिम पटक थप गरिएको म्याद पनि कात्तिक ९ गते सकिएको छ।
काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।