AnonymousUser

Logout

वीरगन्जमा दुई दशकसम्म बनेन बीपी उद्यान, महानगरको जग्गामा व्यवसायीको राइँदाइँ

सरकारले वीरगन्ज महानगरलाई बीपी उद्यान बनाउन दिएको १० बिघा जग्गाको ठूलो भागमा टहरा हालेर लामो समयदेखि पसलहरू सञ्चालित छन्। पछिल्लो समय महानगरले जग्गा खाली गर्न सूचना जारी गरे पनि कारबाही चलाएको छैन।

विद्युत् प्राधिकरणले पोल नसार्दा पूर्व–पश्चिम राजमार्ग विस्तारमा ढिलाइ

पोल नसारेकै कारण सिरहाको लहान, गोलबजार, मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारमा सडक निर्माण ठप्प छ।

चिसो बढेपछि नेपालगन्जका विद्यालयमा ३ दिन बिदा

नेपालगन्जका सामुदायिक र संस्थागत विद्यालयमा बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको छ।

१३ करोड १२ लाखमा बन्यो जैमिनी र फलेवास जोड्ने पुल

पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला शहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।

गण्डकीमा जिसस प्रमुखलाई अस्पताल अध्यक्षको जिम्मेवारी

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखलाई दिएको छ।

वीरगन्जमा स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट वीरगन्जमा मंगलबार साइकल यात्रुको मृत्यु भएको छ।

सांसदहरू भन्छन् – लेखा समितिले प्रभावकारी काम गर्न सकेन

सार्वजनिक लेखा समितिको बैठक नियमित बस्न नसकेको, उजुरीको छानबिन हुन नसकेको, निर्देशन कार्यान्वयनको अवस्थाबारे खोजीनीति नगरेकोलगायत विषयमा सांसदले असन्तोष व्यक्त गरेका छन्।

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्दै, यस्तो छ संसद्‍मा लैजान लागिएको विधेयक

वर्षौंदेखि उठिरहेको, मुलुक संघीयतामा गएपछि बहस तीव्र बनेको प्रहरी ऐन संशोधन प्रक्रिया बल्ल अघि बढेको छ। संसद्‍मा दर्ता हुन तयार प्रहरी विधेयकमा ३० वर्षे सेवा अवधि हटाउनेलगायत अरू के–के व्यवस्था छन्?

रविसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश

उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको छ। 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगेको आरोपमा ३ जना पक्राउ

बागलुङ ताराखोला गाउँपालिका–३ का  तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर विष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियार पक्राउ परेका छन्।

तनहुँमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मंगलबार बिहान दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण: सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ।

चौधरी ग्रुपबाट फिर्ता ल्याइएको जग्गा: गंगालाल अस्पताल भन्छ– हामीलाई देऊ, वडाको बेग्लै ‘लबिइङ’

चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा सरकारकै स्वामित्वमा आएपछि जग्गा अभावमा सेवा बिस्तार गर्न नसकेको गंगालाल अस्पताल त्यो जग्गा पाउने आशामा छ। तर वडा कार्यालयले अर्कै ‘लबिइङ’ गरिरहेछ। 

सडकको दुरावस्थाले पहाडी क्षेत्रमा जान मान्दैनन् एम्बुलेन्स चालक

ठाउँ–ठाउँमा भत्किएर ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा जोखिमपूर्ण अवस्थामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ।

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री र इजिप्टका विदेशमन्त्रीबीच फोनवार्ता

हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका बारेमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र इजिप्टका विदेशमन्त्री डा बदर अब्देल-अतिबीच फोनवार्ता भएको छ।

बाराका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको साबिक आदर्श गाविसका तत्कालीन सचिवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झापामा अटोरिक्सा र जिप ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्।

बागमतीमा १३७ सहकारीविरुद्ध उजुरी, ८० वटालाई कारबाही गर्न प्रहरीमा पत्राचार

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि बोलाउँदा नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको रजिस्ट्रार राजन पोखरेलको भनाइ छ।

सिंगो बस्ती नै शौचालयविहीन

देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन छ।