कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ।
रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्। महिनामा सात हजार इँटा उत्पादन हुन्छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ।
इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। तर त्यस सूचीमा भने विपिनको नाम समावेश छैन।
कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुटवलको सुप्रिम सहकारीको बचत रकम दुरूपयोग प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ प्रतिवादीविरुद्ध रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता भएको छ।
राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
हुम्लामा अनुदानको नुन बोकेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
महानगरले गत पुस २० गते बीपी उद्यानमा अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो। यद्यपि तरकारी, फलफूल तथा कपडा व्यापारीले भने त्यहीँ व्यापार गरिरहेकै छन्।
ट्र्याक खोलेको करिब २० वर्षपछि डुम्रे–बेँसीसहर–चामे सडकखण्ड कालोपत्र र स्तरोन्नती हुन थालेपछि यात्रा पनि सहज बनेको छ।
आन्दोलनले ल्याएको परिवर्तनले जनताको जीवनस्तर भने उस्तै रहेको शहीद परिवारको गुनासो छ। सरकारले पनि रोजगारी र जीविकोपार्जनमा आफूहरूलाई सहयोग नगरेको उनीहरू बताउँछन्।
हात्तीको बथानले स्थानीयले लगाएको मकै, गहुँ र उखुबालीमा पनि क्षति पुर्याएको सब–डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीको भनाइ छ।
बुढानीलकण्ठ नगरपालिकाले बलपूर्वक हडपेको व्यक्तिगत सम्पत्ति अदालतको आदेशमा फिर्ता गरे पनि सोही जग्गामा संरचना निर्माणका लागि इजाजत नदिएर अर्को बलमिच्याइँ गरेको छ।
पक्षाघात जस्तो जटिल रोगसँग लड्दै भागिराम चौधरी यतिबेला विद्युतीय उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रूपमा जुटाउँदै आएका छन्।
बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरूले बताएका छन्। सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था छ।
मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्।
काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ।
कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको दूतावासले जनाएको छ।
सुक्खा पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।